चितवन विशेष

गुञ्जनगरबासीले डा भोजराजलाई भनेः बँदेल र गैँडाले हैरान बनायो, तार लगाउनपर्छ, डा. साब !

Banner

चितवन, कात्तिक २२-

निर्वाचनका लागि भोट माग्दै गुञ्जनगर पुगेका गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारी समक्ष नागरिकहरुले स्थानीय समस्याबारे गुनासो गरेका छन् ।

गोब्रेनीका स्थानीय सितामान तामाङले भन्नुभयो, ‘बँदेलले खेती खायो, गैँडा, चित्रीले पनि हैरान बनायो, तार लगाउनपर्छ, डा. सावले पहल गर्नुहोला ।’ नारायणी तटबन्धलाई कार्यान्वयन गर्न गोब्रेनीबासीको माग छ । घरदैलोका क्रममा भुवनबस्तीका स्थानीयले सबैका लागि समतामूलक योजना निर्माण गर्न सुझाव दिए ।

स्थानीय ज्योति रानाले सडक र ढल पूर्वाधारलाई पनि प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । ‘गुनासो आफ्नै मान्छेलाई गर्ने हो’, ज्योतिले भन्नुभयो, ‘जनतालाई अलि ध्यान दिन प¥यो’ । स्थानीय सहकारीका अध्यक्ष प्रकाश खड्काले गठबन्धनका उम्मेदवारलाई समर्थन जनाउँदैं स्पष्ट सहकारी नीति बनाउन माग गर्नुभयो । ‘सहकारीलाई सहज मल वितरणको व्यवस्था गर्ने नियम बनाउन मेरो अनुरोध छ’ अध्यक्ष खड्काले भन्नुभयो, ‘भरतपुर महानगरले जनतालाई दिएको सहयोग सराहनीय छ, प्रदेश र केन्द्र सरकारको पूर्ण सहयोग होस् ।’

चुनावी सभालाई सम्बोधन गर्दै लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार डा. भोजराज अधिकारीले जनता आवश्यकता अनुसारकै काम गर्ने बताउनुभयो । नारायणी तटबन्ध टेन्डर भइसकेको उल्लेख गर्दै उहाँले आफ्नै कार्यकालमा तटबन्ध निर्माण सम्पन्न गरिने बताउनुभयो । यस्तै चितवन क्षेत्र ३(१) का प्रदेश सदस्य उम्मेदवार डा. सूर्यकान्त घिमिरेले यहाँका योजनालाई प्राथमकिकरणका आधारमा कार्यक्रम अघि बढाइने बताउनुभयो । गठबन्धनकै पहलमा नारायणी तटबन्ध अघि बढेकाले यसलाई पुर्णता दिन पनि गठबन्धन सरकार आवश्यक रहेको डा. सुर्यकान्तको दाबी थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>