अन्तर्वार्ता

छाप परिवर्तन नभएसम्म मुलुक परिवर्तन हुदैनः गायक मिलन लामा

अन्तरवार्ता :

Banner

प्रतिमा कुमाल

‘कति सधै आलु र तामालाई, एसपाली त भोट मिलन लामालाई, मतदाताले हेर्नुस् त यता, सधै कति उही पार्टी उही नेता’भन्दै कलाकार मिलन लामा (विष्णु) भोट माग्दै घरदैलो गरिरहनु भएको छ । ‘माझीदाई पोखरा फेवातालको’, ‘झल्को लाली ओठको’, ‘जुलुम कर्दिया’, ‘हङकङ आइडीले’, ‘वएलकम टु नेपाल’, ‘छम्म छम्म नाचिदेऊ’ जस्ता सदाबहार हिट गीत गाएका लामा अहिले स्वतन्त्र उम्मेदवार बन्दै चितवनको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उठनु भएको हो । कलाकारिताबाट राजनीतिसम्म आउनुको कारणबारे नारायणी अनलाइनकी सम्वाददाता प्रतिमा कुमालले उहाँसँग गर्नुभएको कुराकानीको सम्पादित अंश:

मतदातालाई भेटने क्रम कसरी अगाडि बढिरहेको छ ?

आरामको समयभन्दा एक मिनेट पनि खाली नबसी पूर्णरुपमा मतदातालाई भेट्ने, उहाँहरुसँग आफ्नो चुनावी योजनाबारे भन्ने, मतदानको आव्हान गर्दै हिडेको छु ।

के भन्छन् त मतदाताहरु ?

खुसी हुनुहुन्छ । मैले सही टाइममा सही डिसिजन गरेछु जस्तो अनुभुति भाएको छ । किन अहिले मानिसहरुको व्यापक वितृष्णा राजनीतिक दलहरु प्रति छ । मेरै गीत जस्तो ‘हुन्छ हुन्छ भन्दा भन्दै यति त म धाइन कहिले पनि बैगुनीको मन पेट नै पाइन’ भन्या जस्तै हुने कहिलै होइन, फेरि त्यही नारा त्यही मुद्दा अझै थपेर लोभ लाग्दा झुक्याउने किसिमको योजनाहरु भएका घोषणापत्रहरु देखिन थालेको छ । तर, मतदाताहरु धेरै यसपाली सचेत भइसक्नु भएको छ । उहाँहरु भित्र यति धेरै चरम निराशा छ कि मलाई पनि भन्नु हुन्छ भोट माग्दा’ जुन जोगि आए पनि कानै चिरेको त होनी’ । यो भनाइप्रति मत भर्खर आको जोगी हो मेरो कान पनि चि¥या छैन हजुर भन्छु । ए तपाइँ नयाँ मान्छे ? भन्नु हुन्छ उहाँहरु । हजुर म मिलन लामा चिन्नेले पहिलै चिन्नु हुन्छ । नचिन्नेले म गीत गाउँदै हिड्थ्यो भन्नुहुन्छ । यसपाली तपाइहरुसँग भोट माग्न आको छु भन्दै जादा खेरी विस्तारै, उहाँहरुको माया र विश्वास पाउँछु । तब मैले आफ्नो कुराहरु राख्छु । हामी पनि बाहिर बसेर नेताहरुको भ¥याङ मात्र भयौं । नेताहरुलाई भाषण गर्ने मान्छे जम्मा पार्दिने मेसिन जस्तो भएर हिड्यौं । हामीलाई चडेर माथि गइसकेपछि के कुरो रहेछ त्यहाँ अल्मलिने, जनताहरुसँग गरेको बाचाहरु पूरा गर्न नसक्ने, गाउँ फर्केर आउनै नमिल्या जस्तो आउदै नआउने, चुनावको ताकामा मात्र आउने, त्यही बुझ्न इच्छा जाग्यो । त्यसैले म भ¥याङ होइन आफू स्वयं जान चाहन्छु । भन्दै मतदाताको घरमा गइराको छु, हिजो आज ।

 

के एजेण्डा बोकेर घरदैलोमा गइरहनु् भएको छ ?

अहिले म सभासद्को लागि भोट मागिरहेको छु । सभासद्ले मेयरले गर्ने कामको कुरा गरेर वडाध्यक्षले गर्ने कामको कुरा गरेर भोट माग्ने काम गरिरहेको म देख्छु । तर, मेरो काम र कर्तव्य प्रति म सचेत छु । म पहिला त सभासद् हूँ । सभासद् भनेको विधायक हो । हामीहरुले मुलुकको परिवर्तनको माथि सदन चलिरहदा आफ्नो मत जाहेर गर्ने हो । यसो–यसो गरम् मुलुक परिवर्तनको लागि यसरी जादा हामी यहाँ निर फेल खायौं भन्ने कुरा हामीले पहिला जान्नुपर्छ ।

अहिले म सभासद्को लागि भोट मागिरहेको हो । तर, भोट मागिरहँदा नेताले कुलो बनाइदिन्छु , स्कुल बनाइदिन्छु । बाटो बनाइदिन्छु । पिच बनाइदिन्छु भन्ने कुरा गरेर भोट खाको कुराहरु देख्याछु । स्थानीय चुनावमा वडाध्यक्षले पनि चुनावमा त्यही कुरा गरेका थिए । मेयरले पनि त्यसरीनै मत संकलन गरेको अवस्था छ । तर, म विधायकमा उठेपछि मैले बास्तवमा देशका योजनाहरु तर्जुमा गर्नको लागि मेरो प्रमुख भूमिका हुनुपर्छ भन्ने लाग्छ । मबाट जनताले ठूला–ठूला कुराहरु अपेक्षा गर्नुहुन्छ । त्यसको लागि म सांसद भएर गए भने भोलि बन्ने सरकारमा मन्त्री मण्डलमा पनि जान पाए भने पक्कै पनि गर्छु । आमाबुबा दाजुभाइहरु मसँग यस्तो यस्तो भिजनहरु छ । पहिला त म सांसदको लागि भोट मागेको छु । सांसद भए पनि मेयर वडाले गर्ने काम छुनै नहुने गर्ने नहुने होइन । चितवनको क्षेत्र नं. १ बाट संघीय सदस्यको लागि मेरो उम्मेदवारी छ । यसको लागि हाम्रो क्षेत्रमा मैले के–के गर्नुपर्छ त । जुन वडाको बजेट रत्नगरको बजेटले प्रर्याप्त हुन सक्दैन । हो त्यस्ता योजनाहरु जुन राष्ट्रिय गौरवका योजनाहरु पनि हुन सक्छ । त्यसको लागि मैले अलि धेरै स्रोत भएको ठाउँमा हाम्रो क्षेत्र नं. १ को समस्याहरु लिएर जाने हो । अब देश निर्माण देशको परिवर्तनको लागि भोलि बन्ने सरकारमा जितेर जान पाए भने बन्ने मन्त्रिमण्डलमा मेरो भूमिका पाए भने डेफिनेट्ली त्यसपछि अर्को योजना हुन्छ । त्यो योजना अहिले भन्न हुदैन ।

ठूला पार्टीले केही गर्न नसकेको अवस्थामा एउटा मिलनलामा स्वतन्त्र रुपमा गएर के प्रभाव पर्ला ?

गाउँमा पनि यही कुरा फैलाइरहेका छन् । आगोको बिउ धेरै चाहिन्छ र ? सानो झिल्कोले कत्रा–कत्रा जंगलहरु डडेलोले डढेको हामीले देख्छौ नि प्राकृतिक रुपमा । हिजो यो मुलुकमा रहेको कत्रा–कत्रा तानाशाहा सरकारहरु परिवर्तन गरेको त क्रान्तिले नै हो । अब मुलुकमा हामी जस्तै स्वतन्त्रहरु बैचारिक क्रान्तिको आवश्यकता छ । पार्टीको सिपाइ भएर पार्टीको हली जस्तो भएर पार्टीको झोले भएर देशको लागि यो बोल्नु पर्छ भन्ने मनमा हुदाहँदै बोल्न नसक्नी निरीह प्राणी जस्तो हुनलाई मेरो उमेद्वारी होइन । म जस्तो स्वतन्त्र यस पटक धेरै आउँदै हुनुहुन्छ । मुलुकभरी बाट हामीहरुको एउटा झुण्ड बन्ने छ । एउटा भिम रावलले थर्काएको सदन पो हो त त्यो । जायज कुरा गर्ने मान्छे १० जनामात्र भयौं भने पनि हामीले भूकम्प ल्याउन सक्छौं । देश र जनताको लागि बोल्नलाई आतुर छ मेरा यी मुखहरु । मेरा मनहरु तयार छन् । त्यसैले म भित्र एक प्रकारको ज्वालामुखी छ । देश यस्तो भइसक्यो युवाहरु विहीन अवस्थामा गइसक्यो । अब हामीले पार्टीबाट कहाँबाट स्थान पाउछौं । जीवननै अर्पण गर्ने पार्टीमा योगदान दिनेहरुको त ठाउँ आएको छैन । अब मैले कांग्रेसबाट कहिले ठाउँ पाउने । एमालेबाट कहिले पाउने, माओवादीबाट कहिले पाउने । अहिलेसम्म कुनै पार्टीको सदस्यता नलिइ स्वतन्त्ररुपमा स्वतन्त्र कलाकार भएर हिडेको मान्छे म । अब मैले पार्टीबाट ठाउँ पाउछु र पार्टीको एउटा सिपाही भएर जान्छु भन्दा खेरी त मेरो जीवन जान्छ । त्यसैले गर्दा म कसैको पालो मिच्न चाहान्न। एउटा संविधानले प्रदत्त गरेको कुरा दलहरुले नै गरेको व्यवस्थाअनुसार म स्वतन्त्र रुपमा यसपाली आफूले आफैलाई चुनावमा होमेको छु ।

मिलन लामा भनेको एक जन गायक हो । साथै सामाजिक काम पनि गर्दै आउनुभएको छ । राजनीतिमा प्रवेश गर्नको लागि तपाइँले पृष्ठभूमि बनाउनु भएकाको हो । गाउँ छोडेर म कही गएको छैन अहिलेसम्म । पोहोर सालदेखि पनि मेरो आवाजहरु आउन सक्थ्यो होलानी । यो एक्कासी आएको कुरा हो यो । सामाजिक काम भन्नाले मैले २५ वटा घर बनाएको छु गरिबको । मिलन हो म भन्ने मेरो एउटा अभियान थियो ‘१०० होम मिलन हो म’ जब मुलुकमा ठूला भूकम्प गए धेरैले घर गुमाए र कतिको त घर नै छैन । उसको जीवन भरी सधै भूकम्प गए जस्तै हो । ती घर बिहीनहरुको घर बनाउँदै आवाजविहीनको आवाज उठाउँदै आइरहँदा सबै भन्दा ठूलो सामाजिक संस्था भनेको राज्य रहेछ थाहा भयो । मैले फेसबुकमा एउटै साथीलाई ४ देखि ५ चोटीसम्म पैसा मागेको छु । उहाँहरुलाई मैले गरेको सहयोग भलै फेसबुकबाट पटक–पटक एउटै साथीलाई पैसा मागेर गरे पनि कसैको जीवन बाच्छ । कसैले घर पाउँछ छ । कसैले आवाज पाउँछ भने म गाउँमा बसेर के अर्थ हुन्छ । मैले सामाजिक कार्य गरेर आएर गर्दैछु । तर, निरन्तरताको लागि गारो–गारो परिस्थिति भएको अवस्थाले राज्य नै त्यो संस्था रैछ जुन संस्थामा प्रचुर मात्रामा स्रोतहरु हुने रैछ । राज्य जस्तो अरु ठूलो सामाजिक संस्था होइन भनेर राज्यकै संयन्त्रमा जोडिनको लागि मेरो उमेद्वारी हो ।

यो एक्कासी कलाकार कसरी आयो भन्ने प्रश्नमा एउटा कुरा हाम्रो देशमा प्राक्टिस नभएर हो । हाम्रै छिमेकी राष्ट्र जहाँ प्रजातन्त्रको धेरै ठूलो हिमायती छ । इण्डिया हेर्नुस् त्यहाँ पनि थुप्रै सिनेमाकर्मीहरु विधायक हुनुहुन्छ । मन्त्री हुनुहुन्छ । अमिताभ बच्चन, गोविन्दासम्म । हेमा मालिनी त अझैसम्म त विद्यायक हुनुहुन्छ । युक्रेन कै राष्ट्रपति भलादमिर जनलोस्की अहिले निकै चर्चामा हुनुहुन्छ । उहाँ आफै पनि हास्य कलाकार हुनुहुन्छ । कलाकारले राजनीति गर्न नहुने भन्ने कुरो लेखिएको कहाँ छ र । कलाकारले झन् धेरै देश घुमेको हुन्छ । कलाकारहरु भूँइ मान्छेदेखि हुइ मान्छेसम्म पुगेका हुन्छन् । यो त ढिलो भयो मेरो आगमन । अरु कलाकारलाई पनि आव्हान गर्छु म । अब हुदैन साथी हो, हामी लाग्नु पर्छ । अरुले देश काँधमा लिएर हिडेको हुन्छ । काँधमा बोकेको देशलाई हुरीले उडाइ दिनसक्छ । विपक्षले तान्दिन सक्छ । लडाइ दिन सक्छ । कलाकारले देश मुटु भित्र बोकेर हिडेको हुन्छ । मुटु भित्रको देश फाल्न त उ आफू पनि मर्नुपर्छ । त्यसैले भन्छुम् हरेक तत्काका मान्छेहरु राजनीतिमा आउन सक्नु हुन्छ ।

तपाइँ उठेको ठाउँबाट ठूला–ठूला राजनीतिक दलका उम्मेदवारहरु पनि उठेका छन् । जित्ने आधार के छ ?

दलहरु प्रतिको वितृष्णा पहिलो कुरा अर्को कुरो मेरो सामाजिक कार्य । मेरो राष्ट्रप्रतिको राष्ट्र भाव र मैले अर्काको नराम्रो गरेकै छैन जस्तो लाग्छ । अहिले यति चरम वितिष्णा छ । गाउँ घरमा हैत थारु गयो भने के के जायके सब दिवन हुसन भुकोइ फटोही भोट देलेपर फिर कि फिर कि गाउँमा हिनेहसै भन्नु हुन्छ । तामाङ गाउमागए हे.. आखा बालिच्चा आखा बाखालि भोट मागिबा भन्नु हुन्छ । क्षेत्रीबाहुनको समाजमा बाबु कल्लाइ दिएर के भो र भोट माग्ने बेलामा मात्र आउने हो यस पालि त भोट नहाल्ने हो बाबु भन्नु हुन्छ । जनतामा चरम निराशा छ । मैले भनेको छु, यसपाली त तपाइँहरु जानै पर्छ काठमाडाँै र धरानका मतदाताले छाप परिवर्तन गर्नुभयो । उहाँहरुले नेता परिवर्तन पाउनु भयो । बालेन्द्र साह र हर्क साम्पाङ पाउनु भयो । तपाइँहरु पनि एक पटक मेरोलाई गरिदिनुस् , छाप परिवर्तन गर्नुस् । मतदान गर्ने ठाउँ परिवर्तन गर्नुस् । तपाइँहरुले पनि मिलन लामा पाउनु हुन्छ । छाप परिवर्तन गर्नको लागि भोट हाल्न जानुस् । छाप परिवर्तन नभएसम्म मुलुक परिवर्तन हँुदैन । जसले गर्दा उहाँहरुबाट भोट फर मिलन लामा भन्ने आवाज सुन्दै छु र म धेरै आशाबादी छु ।

स्थानीय तहलाई बेवास्ता गरेर एक्कै पटक ठूलै आशा अभिलाषा राख्नु भयो नि ?

आज फलानो नेता आउँदै हुनुहुन्छ यो भन्दा अगाडि मिलन लामा भने पछि हुरुरुरु……लहोई भने पछि मान्छे आउनु हुथ्यो । भीडमा नेताहरु भाषण ठोक्नु हुन्थ्यो । मेरो पनि कतिपय गीतहरु थियो । कुन्ठाहरु थियो नेताहरुलाई भन्न पाए गीतको माध्यमबाट जनमुखी जनहितको कुराहरु थियो । त्यो सुन्दै नसुन्ने हैत नेता जीको भ्याइनभ्याइ छ । उहाँ जानुपर्छ मिलनजी पछि सुन्नु हुन्छ । आखिर भ्याइनभ्याई के रै छ । के का लागि भ्याइनभ्याई गरेर नेताहरु भागदौड गरिरहेका छन् । हेलिकप्टरबाट सैयौ नेताहरु यता र उता गदा आखिर भयो के त मुलुकमा । त्यसैले गर्दा म अझै आउन ढिलो भयो । म एकै चोटी सभासद्मा किन गएभन्दा १० औं पटक म अमेरिका गए, युरोप गए । त्याहाँ देखेका कुराहरु मेरो मन भित्रै छ । त्यसलाई लागू गर्न नियमन गर्नको लागि अख्तियारी मैले वडा कार्यालयबाट पाउदिन । मेयरको चुनाव जितेर पाउँदिन । त्यसको लागि क्याबिनेट बैठकबाट दुई तिहाइ बहुमतले पारित गरिसकेपछि मात्र मेरा ती सपनाहरु पूरा हुन्छ ।

सुकुमबासीको समस्या धेरै पटक मैले मिडियामा भने तर चुनावको बेलामामात्र सबै पार्टीले यस विषय निकालेका छन् । सुकुमबासीलाई जग्गा कहाँको दिने हो । अहिले खोलाको जग्गा पनि २०औं लाख कठ्ठा पर्न थालेका छन् । त्यसैले सुकुमबासी बस्ती बसाल्न पनि म क्याबिनेटमा जानुपर्छ ।
चुनावमा उम्मेदवारहरुले मनज्ञ रकम खर्च गरेर मतहरु किन्ने संस्कार पुरानै छ ।

यो बीचमा खर्च व्यवस्थापन कसरी गर्नुभाछ ?

भन्न पनि लाज हुने की ! पहिलो चरणको खर्च मेरो छोराको मोबाइल बेचेर गरेको हो । साथै मेरो सानो स्लोगान भएको ‘शासनको लागि होइन सेवाको निमित्त’ भन्ने पर्चा छ त्यो किन्न चाहानेहरुले १०० रुपैयाँसम्म हालेर सहयोग गर्नुभएको छ । दुई देखि तीन लाखसम्म खर्च हुने देखेको छु ।

चितवनमा जन्मे हुर्के

चितवनमै मर्न पाऊ

मर्न भन्दा पहिला केही राम्रो गर्न पाऊँ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>