Breaking News
इलाम-२ अपडेटः सुरूवाती गणनामा घण्टीभन्दा मुडा अगाडि
०
इलाम,वैशाख १६-
इलाम क्षेत्र नम्बर २ मा आइतबार मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्का अगाडि छन्।
उनलाई नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन्। प्रारम्भिक मतपरिणामअनुसार इलाम-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले भन्दा स्वतन्त्र उम्मेदवारले बढी मत ल्याएका छन्।
रास्वपाका मिलन लिम्बूले ११५ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले १८७ मत ल्याएका छन्। फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ मा खसेको मत गणना गरिएको हो। निर्वाचन आयोगले भने अहिलेसम्म वडा नम्बर १ को मात्रै मतपरिणाम सार्वजनिक गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>