चितवन विशेष
भरतपुरको कुशुमटारमा आगलागि हुँदा ४ लाख बराबरको क्षति
०

चितवन, कात्तिक २२–
चितवनको भरतपुर महानगरपालिका–२९ कुशुमटारमा सोमबार साँझ आगलागि हुँदा ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय लालबहादुर लामाको कच्ची घरमा अचानक विद्युत सर्ट भई साँझ ७ बजेको समयमा आगलागि भएको थियो । घरभित्र रहेका लत्ताकपडा, भाडा वर्तन, अन्नपात र घर नै पूर्ण रुपमा क्षति हुँदा करिव ४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आगो करिव ८ बजेको समयमा नियन्त्रणमा लिईएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























