चितवन विशेष

चितवन–३ मा मैले पारेको बजेटमा जति काम भए, त्यसबाहेक कुनै काम भएनः बिक्रम पाण्डे

Banner

चितवन, कात्तिक २१-

पूर्वमन्त्री एवम् राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले सडकलाई कालोपत्रे गर्ने, नदी तटबन्धन गर्ने र नारायणी नदीको किनारैकिनारमा पर्यटकीय मार्ग निर्माण गर्ने बताउनु भएको छ ।

आज सोमबार फुन्गो तथा ग्रामीण महिला विकास उपभोक्ता समूहको भवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता पाण्डेले पश्चिम चितवनको पिछडिएको भरतपुरको–२६ नम्बर वडाको सडक पहिलो प्राथमिकतामा परेको बताउनु भएको हो ।

२०७४ सालमा भएको निर्वाचनपछि यो ठाउँको विकास नै ओझेलमा परेको उहाँले बताउनुभयो । ‘२०७० सालमा मैले पारेको बजेटमा जति काम भए, भए । त्यसबाहेक कुनै पनि काम भएको देखिएन,’ उहाँले भन्नुभयो, ‘त्यसैले यो ठाउँको विकासमा म नै चाहिएको रहेछ ।’ २०७४ सालमा चुनाव हार्नुले सिसैको थारू बस्ती पनि छायामा परेको उहाँको भनाइ छ ।

‘त्यसपछि नारायणी नदी तटबन्धन गरेर किसानको जग्गा र बस्ती संरक्षण गर्नुका साथै नारायणी नदी किनारैकिनार पर्यटकीय मार्ग निर्माण गर्दा यहाँको पर्यटन विकास गर्न सकिन्छ भनेर आएको छु,’ उहाँले भन्नुभयो, ‘पर्यटकीय मार्ग निर्माण गरेपछि नदी तटबन्धनको काम यसै पनि भइहाल्छ ।’
पर्यटकीय मार्गलाई नारायणगढको पुलचोकदेखि गोलाघाट हुँदै सौराहासम्म जोड्ने लक्ष्य लिएको उहाँको भनाइ छ । पर्यटकीय मार्गमात्रै निर्माण भयो भने पनि यहाँको होटल व्यवसाय र यहाँको कृषि उपजले बजार पाउने उहाँले बताउनुभयो ।

‘किसानको लागि सिँचाई र मल सहज बनाउछु’

पाण्डेले भरतपुर–२६ मा भएको घरदैलोको क्रममा मतदातालाई सम्बोधन गर्दै किसानको कृषि योग्य जमिनमा सिँचाई तथा मल बिऊ सहज रुपमा उपलब्ध गराउने बताउनु भएको छ ।

त्यसैले गरी पाण्डेले भन्नु भयो, ‘मलाई यो क्षेत्रमा रहनुभएका किसानको जीवनस्तर सुधार्न पाए पुग्छ । समुन्नत राष्ट्रका लागि सबैभन्दा पहिले किसान खुसी हुनुपर्छ । मलाई नागरिकको जीवनस्तर सुधार्न पाए पुग्छ । बोलेर होइन गरेर देखाउने बाचा गरेको छु । हजुरहरुले देखेका सपना पूरा गर्ने जिम्मेवारी मेरो पनि हो ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>