चितवन विशेष
डा भोजराज अधिकारीले मतदातालाई भनेः अहिलेसम्म मैले बचाएँ, अब मलाई जिताइदिनुस् ल !

चितवन, कात्तिक २१-
गठबन्धनतर्फ माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारीले भरतपुरका विभिन्न ठाउँका मतदाताहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरेर घरदैलो गरिरहेका छन् ।
भरतपुर २३ र २४ जगतपुर, मधुपुरी, कृष्णचोक, बेलटाँडी, दराई गाउँमा स्थानीयसँग उनीहरूले छलफल गरेका हुन् । उनलाई स्थानीयले समस्या सुनाउँदै दराई गाउँमा निर्माणाधिन भवन सम्पन्न गर्न आग्रह गरेका छन् । भित्री सडक कालोपत्रे गर्न उनीहरूको माग छ । घरदैलोका क्रममा डा. भोजराजले भने बुवा ठिक ? अर्का एकजना आमासँग संवादका क्रममा डा. भोजराजले भने, ‘अहिलेसम्म मैले बचाएँ, अब मलाई जिताईदिनुस् ल !
डा भोजराजले मतदातालाई निराश नबनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कतिपय मतदाताले अधिकारीलाई जितिसकेपछि अन्य नेता जस्तो व्यवहार नदेखाउन अनुरोध गरे । चुनावमा भोट माग्न दलबलसहित आउने तर निर्वाचित भैसकेपछि देखे नदेखेजस्तो व्यवहार नेताहरुले गर्ने गरेकाले यसो नगर्न मतदाताले अनुरोध गरेका थिए । अधिकारीले मतदाता भेट्दै गलत गरेको खण्डमा कठालो समाउन सक्ने अधिकार जनतालाई रहेको भन्दै यसपटक सोच विचार गरेर आफ्नो मत खसाल्न अनुरोध गरे । उनले ६ स भन्ने आफ्ना नारा जनता माझ बढी सुनाएका छन् ।

























