देश/प्रदेश

सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्न लागेपछि नगरपालिकाले निर्माण व्यवसायीको मेसिनमा लगायो ताला

Banner

खोटाङ, कात्तिक २१

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण कम्पनीको एक्स्काभेटर र व्याकहो लोडरमा ताला लगाइको छ। सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै एक्स्काभेटर र लोडरमा ताला लगाइको हो ।

दिक्तेल-खोटाङबजार सडक अन्तरगत अस्पताल चोक-लफ्याङको दुबेचिवा (तीन किलोमिटर) सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै नगरपालिकाले आइतबार निर्माण कम्पनी काम ढुकुछुरबगालेरबिएनटी जेभीको एउटा एक्स्काभेटर र एउटा व्याकहो लोडरमा ताला लगाएको थियो।

सडकको काम अधुरो छाडेर निर्माण व्यवसायीले निर्माणस्थलबाट क्रमशः मेसिनरी उपकरण अन्यत्र लैजान थालेको सूचनाको आधारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका वडाध्यक्ष एवं नगर प्रवक्ता दिनेशकुमार घिमिरेले निर्माण कम्पनीको एक्स्काभेटर र व्याकहो लोडरलाई एउटै साङ्लोले बाँधेर ताला लगाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>