अन्तर्राष्ट्रिय

तान्जानियाको तालमा विमान खस्दा १९ जनाको मृत्यु, २६ जना घाइते

Banner

काठमाडौं, कात्तिक २१

तान्जानियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना भएको हो । ४३ जना सवार रहेको उक्त विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ ।

उक्त विमान दारेसलामबाट बुकोबाका लागि उडेको थियो । विमान दुर्घटनाको कारण खुलेको छैन । यद्यपि दुर्घटनाको कारण खराब मौसम भनिएको छ । आँधी र ठूलो वर्षामा उक्त विमान परेको थियो । स्थानीयवासी र माझीहरुले डुंगाको सहायतामा यात्रुहरुलाई उद्धार गरेका थिए ।

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>