चितवन विशेष

राजश्व छलेको अभियोगमा चितवनका एक व्यापारीलाई तीन करोड ८० लाख बिगो दावी गर्दै मुद्दा दर्ता

Banner

चितवन,कात्तिक २०-

राजश्व अनुसनधान विभागले राजश्व चुहावट गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–३ का सौरभ गुप्ता विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले गुप्ता विरुद्ध भन्सार छली गरी मालसामानको आयात गरी बिक्री वितरण गर्दा राजश्व चुहावट गरेको अभियोग लगाएको छ ।

विभागले रु तीन करोड ८० लाख ५९ हजार पाँच सय २६ बराबरको बिगो दावी गर्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा यही कात्तिक १८ गते मुद्दा दायर गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>