चितवन विशेष

निस्सा बाँडिसक्यौं, निर्वाचनपछि हातहातमा लालपुर्जा पुग्छ: डा. भोजराज

Banner

चितवन, कात्तिक २०-

प्रतिनिधिसभा चितवन–३ का माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले गुनासो नआउने गरी काम गर्ने बताउनु भएको छ ।

भरतपुर महानगरपालिका–२० को घरदैलोमा जनताको वास्तविक समस्या समस्या सम्बोधन गर्न आफू निर्वाचित हुनुपर्ने उहाँले बताउनु भएको हो । जनताको धेरै ठूला–ठूला समस्या नरहेको उल्लेख गर्दै उहाँले घरको चुल्होमा खुसी पुग्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार डा. भोजराजले प्रत्येक वडामा स्थानीय विशेषता अनुसार योजना अघि बढाउने उद्घोष गर्नुभयो । लालपुर्जा वितरणका लागि निस्सा बाडिएकाले निर्वाचन लगत्तै पुर्जा हात–हातमा पुग्ने उहाँले बताउनुभयो । जनताको चाहना अनुसार पारदर्शी हुने इमान्दार जनप्रतिनिधि बन्न चाहेको डा. अधिकारीले बताउनुभयो ।

यस्तै गठबन्धन अन्तर्गत क्षेत्र ३(१) प्रदेशसभा सदस्य उम्मेदवार प्राडा सूर्यकान्त घिमिरेले बाँकी रहेका सडक मर्मतका लागि सबै तहका सरकारसँग समन्वय गरेर पूरा गर्ने बताउनु भएको छ । भरतपुर–२० को घरदैलोमा उहाँले रानीपोखरी र चितवन रंगशाला निर्माण सम्पन्न गरिने, शारदानगर हेल्थ पोष्टलाई स्तरोन्नति र बखान अध्ययन एवम् संग्रहालयका रूपमा विकसित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।४६ सालदेखिको सुकुमबासी समस्या हल गर्न पनि तयार रहेको उहाँको भनाइ छ । कृषिमा विशेष प्राथमिकता निर्धारण गरिएको बताउँदै उहाँले सिँचाइका लागि बोरिङ अनुदान थप बिस्तार गरिने बताउनुभयो । लोकतान्त्रिक–बाम गठबन्धनले भरतपुर २५ अन्तर्गत शुक्रनगर क्षेत्रमा समेत घरदैलो गर्दै छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>