चितवन विशेष

चितवनका स्टेशनरी व्यवसायीलाई नेतृत्व विकास प्रशिक्षण

Banner

चितवन, कात्तिक २०-

उद्योग वाणिज्य संघ चितवनको साभाहलमा पुस्तक तथा स्टेशनरी व्यवसायीलाई लक्षित गरी एक दिने नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिइएको छ ।

उद्योग वाणिज्य संघ–चितवन र पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा चितवनको संयुक्त आयोजनामा व्यवसाय प्रवद्र्वन तथा नेतृत्व विकाससम्बन्धी शनिबार प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मनहरि बस्यालले पुस्तक तथा स्टेशनरी व्यवसायको प्रकृति थोरै पूजि“ले व्यवस्थित गर्न सकियो भने मात्र व्यवसायमा सफल हुने बताउँदैं व्यवसायीहरुको हकहितको लागि केन्द्रीय समिति लागिरहने बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले नेपाल राष्ट्र बैँकले जारी गरेको चालु पूँजि मार्गदर्शन–२०७९ अधिनमा रही बैँकहरुले गरेको व्याजदर वृद्वि विरुद्ध उद्योग वाणिज्य संघ–चितवन लागिरहेको बताउँदैं पुस २५ गते देखि माघ ४ गते सम्म आयोजना गर्न लागिएको चितवन महोत्सव–२०७९मा प्रदर्शकको रुपमा महोत्सव सफल बनाउन सहयोग गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रशिक्षण गर्दै प्रमुख प्रशिक्षक रविनकुमार कटुवालले व्यवसाय प्रवद्र्वनमा नेतृत्व विकासको भूमिका विषयमा व्यवसायीहरुलाई प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका उपाध्यक्ष किरणकुमार खनाल, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका महासचिव शिवसागर शर्मा, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा चितवनका निवर्तमान अध्यक्ष, राजेन्द्र तिवारी, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा चितवनका कार्यक्रम संयोजक काजिराम चौधरीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघका वस्तुगत अध्यक्षज्यूहरु, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा चितवनका कार्यसमिति पदाधिकारी र व्यवसायी गरी १५० जनाको उपस्थिति रहेको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनु भयो । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष उद्योग विक्रम बानियाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>