चितवन विशेष

भरतपुर गार्डेन रिसोर्टको अध्यक्षमा चुके

Banner

चितवन, कात्तिक १९–

भरतपुर गार्डेन रिसोर्ट होटल प्रा लि.को अध्यक्षमा उत्तमलाल चुके चयन भएका छन् ।

शनिबार सम्पन्न १२औं वार्षिक साधारण सभा एबं चौथो अधिबेशनले चुकेको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको सदस्यमा कमलचन्द्र खनाल, केशब देवकोटा, ऋषिराम पौडेल, भानुभक्त शर्मा, अर्जुन अधिकारी, शंकर प्रसाद कंडेल, कल्याण जोशी र रमेश कुमार पिया चयन भएका छन् ।

अधिबेशनले गोरखा गार्डेन र होटल व्यवस्थापन कार्यक्रम हेर्नका लागि प्रतिनिधि चयन गरेको छ । यस्तै लेखा समिति समेत चयन गरेको छ । स्थापनाको समयदेखि निरन्तर अध्यक्षको रुपमा रहनु भएका विनोद कुमार श्रेष्ठले १२ वर्षपछि नयाँ नेतृत्व हस्तान्तरण गर्नु भएको हो । भरतपुर गार्डेनको मुख्य लगानीमा गोरखामा गोरखा गार्डेन होटल संचालनमा आएको छ । कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्ष श्रेष्ठले आफ्नो नेतृत्वमा गरिएका कामहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

देशका सामाजिक र व्यवसायीक क्षेत्रमा संलग्न ६० जनाको लगानीमा भरतपुर महागरपालिका वडा नम्बर १० वीरेन्द्र बहुमुखी क्याम्पस अगाडी यो होटल रहेको छ ।मुख्य शहरी क्षेत्रामा रहेर पनि हरियाली र रमणीय बातावरणमा होटल अबस्थित छ । १ बिगाहा २ कठ्ठा जमिनमा फैलिएको यस होटलमा ४४ कोठासहित ६ वटा ठूला साना सभाहल र बैठक कक्ष रहेका छन् । होटलमा २ वटा स्विट रुम रहेका छन् । नवनियुक्त अध्यक्ष चुकेले होटलका सेवा सुबिधालाई अरु व्यवस्थित बनाएर नमुना होटलको रुपमा निरन्तरता दिईने बताउनुभयो । थप सेवा सुबिधा दिईने भन्दै उहाँले भविश्यमा चेनका रुपमा अन्य सहरहरुमा समेत पुग्ने बताउनुभयो । यो होटल जिल्लाको पुरानो र परिचित सुबिधा सम्पन्न होटलका रुपमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>