चितवन विशेष

डा भोजराज अधिकारीलाई पार्वतीपुरका मतदाताले भनेः हामीलाई मल खोई ! हामीलाई लालपुर्जा खोई !

Banner

चितवन, कात्तिक १९-

चुनाव प्रचारप्रसारको क्रममा आज पार्वतीपुर पुग्नुभएको गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारीलाई मतदातासँग मलदेखि लालपूर्जासम्म नपाएको गुनासो गरेका छन् ।

पार्वतीपुरका किसानहरुले खेतबारीमा आवश्यक रासायनिक मल र सुकुमबासीहरुले लालपुर्जाको बारेमा डा अधिकारीसँग जिज्ञासा राखेका हुन् ।
चुनावी प्रचारप्रसारको क्रममा भरतपुर महानगरपालिका–२१ पार्वतीपुरका गंगाबहादुर विकले लालपुर्जा चाडैं दिन आग्रह गर्नुभयो । घरदैलोका क्रममा गठबन्धनका उम्मेदवारसँग उहाँले यहाँ जग्गा धनी पुर्जा नपाएर दुःख पाएको बताउनुभयो । सरकारको सुविधा जनताको चुल्होसम्म पुग्नुपर्ने उहाँको विचार थियो ।

यस्तै अर्का स्थानीय भोजराज घिमिरेले किसानलाई मल चाहिएकाले सहज उपलब्ध हुने व्यवस्था गर्न माग गर्नुभयो । सरकारमा सहभागी दलहरुको गठबन्धन भएकोले गठबन्धनका उम्मेदवारले आफ्ना समस्या सम्बोधन गर्ने उहाँलाई पुर्ण विश्वास छ । घिमिरेले प्रचण्ड पथ अन्तर्गतको सडक चाडैं बनाउन सुझाव दिनुभयो ।

स्थानीय पदमबहादुर थापाले किसानलाई राहत दिने कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र ३(२) का उम्मेदवार ठाकुर ढकालले जनताको भावना अनुसार काम गर्ने दाबी गर्नुभयो ।

मंसिर ४ मा हुने निर्वाचन नजिक आएसँगै उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीब्रता दिएका छन् । यसै सन्दर्भमा भरतपुरका मतदातासँग लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार डा. भोजराज अधिकारीसँगै प्रदेशका उम्मेदवार ढकाल घरदैलो अभियानमा पार्वतीपुर पुग्नुभएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>