Breaking News
चितवनमा टिक्न नसकेर प्रचण्ड गोरखा जानुपर्यो, कुनै नेपालीले साथ दिनुहुँदैन: ओली

काठमाडौँ, कात्तिक १९-
नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन लड्न गोरखा जानुपरेको टिप्पणी गर्नुभएको छ ।
ओलीले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने प्रचण्डलाई स्वदेश तथा विदेशमा रहने कुनै पनि नेपालीले साथ दिन नहुने बताउनुभयो ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले प्रचण्डको नेतृत्वमा चलाएको युद्धका कारण धेरै नेपालीले बेसहारा जीवन गुजार्नुपरेको उल्लेख गर्नुभयो । सशस्त्र युद्धका कारण पीडामा परेकाहरूलाई बेवास्ता गरेर आफ्नो परिवार र आफ्न्तको हितमा मात्र प्रचण्ड लागिपरेको ओलीको आरोप थियो । उहाँले आसन्न निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने पुनःदाबी गर्नुभयो । सत्तारूढ गठबन्धनले जनमत पाए लुटपाट सुरु हुने र देश कंगाल बन्ने उहाँको भनाइ थियो ।
फाइल फोटो























