अर्थ

१५ प्रतिशतले बढ्यो गाडी भाडा

Banner

कर्णाली, कात्तिक १९-

कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनहरूको भाडा दर १५ प्रतिशतले वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा कात्तिक १५ गते बसेको बैठकले नेपाल सरकारको २०७९ असार २७ गते निर्धारण गरेको भाडा दर अनुसार जुम्ला, कालिकोट र सुर्खेतसम्मको नयाँ भाडा दर कायम गरिएको हो ।

यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख लोकबहादुर महतका अनुसार नेपाल सरकारले निर्धारण गरेको उक्त मितिको भाडा दरमा अहिलेको बजार मूल्यलाई आधार मान्दै १५ प्रतिशत बढाइएको छ।

योसँगै जुम्ला–सुर्खेतसम्मको १ हजार २८३ रूपैयाँ भाडा दरमा १५ प्रतिशत बढाएर १ हजार ४७५ रूपैयाँ पुर्‍याइएको छ । मिनिबसरहाइसको १ हजार ५७० रूपैयाँलाई बढाएर १ हजार ८०५ रुपैयाँ कायम गरिएको महतले बताए । जिपको लागि १ हजार ८४५ रूपैयाँको भाडा बढाएर २ हजार १ सय २१ भाडा पुगेको उनको भनाइ छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>