Breaking News

चितवन १ का स्वतन्त्र उम्मेदवार ओमकृष्ण थपलियाले गरे डा.विश्व पौडेललाई समर्थन

Banner

चितवन, कात्तिक १८–

प्रतिनिधिसभा चितवन क्षेत्र नं.१ मा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार ओमकृष्ण थपलियाले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डा.विश्वनाथ पौडेललाई समर्थन गरेका छन् ।

आज (शुक्रबार) पूर्वीचितवनको पर्सामा आयोजित एक कार्यक्रममा उम्मेदवार थपलियाले गठबन्धनका उम्मेदवार अर्थविद् डा.विश्वनाथ पौडेललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्कृय भएको घोषणा गरे । ‘विभिन्न त्रुटिका कारण प्रतिनिधिसभामा मेरो उम्मेदवारी रहेको थियो, देशको असल नेतृत्व, देशलाई विकास गर्नका निम्ति र संविधानको रक्षाका लागि उम्मेदवार डा.विश्व पौडेललाई समर्थन रहेको घोषणा गर्दछु’–कार्यक्रममा थपलियाले भने ।

उनले आफ्नो उम्मेदवारीलाई समर्थन गर्ने र सहयात्रीहरुलाई साक्षाी राखेर डा.पौडेललाई समर्थन गरेको बताए । साथै डा.पौडेललाई जिताउने वाचा समेत उनले गरे । उनले दश वर्ष एउटै व्यक्तिले चितवन क्षेत्र नं.१ मा विजयी हासिल गरेको भन्दै भन्दै अब नयाँ व्यक्तिको खोजी गर्ने बताए । थपलिया माओवादी निकट युवा हुन् । उनले डा.पौडेललाई जिताउन सबै युवालाई आह्वान समेत गरे ।

सो कार्यक्रममा बोल्दै उम्मेदवार डा.पौडेलले थपलिया एक अन्याय सहन नसक्ने युवाको रुपमा बुझेको भन्दै आफूविरुद्धको उम्मेदवारी नभई विद्रोहको रुपमा मात्रै उनको उम्मेदवारीलाई बुझेको बताए । ‘उहाँ अन्याय नसहने खालका युवा हुन् भन्ने मलाई थाहा थियो, सोही कारण उहाँले उम्मेदवारी दिएको मैले बुझेको थिए, उहाँ जुन उदारता देखाएर गठबन्धनको मर्म अनुरुप चल्छु, पूर्वीचितवनको विकासका लागि हातेमालो गर्दै अघि बढ्ने प्रणका साथ उहाँले मलाई गर्नुभएको समर्थन प्रति हार्दिक आभार प्रकट गर्दछु’–डा.विश्व पौडेलले भने ।

उनले पूर्वीचितवनको विकासका लागि आफूले वृहत योजना बनाएको भन्दै विगतमा गरिएको गल्ती नगर्न मतदाताहरुमा आह्वान गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>