चितवन विशेष

गठबन्धनका उमेदवारलाई धर्मचोकका स्थानीयले गरे सांकेतिक बहिस्कार

०
Banner

चितवन, कात्तिक १८–

भरतपुर महानगरपालिका–४ स्थित बैकुण्ठ चोक–धर्म चोक सडक खण्डमा लामो समयसम्म धुलोको सास्ती खेप्नु परेपछि स्थानीयहरु दलहरु प्रति रुष्ट बनेका छन् । सडक विस्तारको काम अलपत्र पर्दा पनि दलहरु मौन रहेको भन्दै स्थानीयले चुनाव प्रचारमा पुग्ने दलहरुलाई बहिस्कार गर्न थालेका छन् ।

दलहरुको मौनताका कारण स्थानीयले लामो समयसम्म धुलोको सास्ती व्यहोर्नु परेको भन्दै स्थानीय व्यवसायीले बिहीबार विरोध गरेका छन् । चुनाव प्रचारमा पुगेको सत्ता गठबन्धनका उमेदवारको विरोध स्वरुप स्थानीय व्यवसायीहरुले सटर बन्द गरेका छन् ।

चुनाव प्रचारका लागि चितवन २ का प्रतिनिधि सभा सदस्य उमेदवार उमेश श्रेष्ठ र चितवन २ (ख)का प्रदेश सभा सदस्य उमेदवार उत्तम जोशी कार्यकर्तासहित धर्मचोक पुगेका थिए । स्थानीयले सांकेतिक रुपमा विरोध गरेपछि केहि समय बोलेर अर्को ठाउँ गएका थिए ।

चुनावी प्रचारका लागि जुनसुकै पार्टीका उमेदवार धर्मचोक पुगे पनि सांकेतिक रुपमा विरोध स्वरुप सटर बन्द गरिने स्थानीय व्यवसायी भोज नारायण कँडेलले बताए । बैकुण्ठ चोकदेखि धर्मचोक सम्मको बाटो ठेकेदारले लामो समयसम्म अलपत्र पारेर छाड्दा घाम लाग्दा धुलो र पानी पर्दा हिलोले स्थानीय आजित भएको उनले बताए ।

ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन । सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>