चितवन विशेष

बोल्न होइन काम गर्न आएको हुँ : उमेश श्रेष्ठ

Banner

चितवन कात्तिक १७–

सत्तारुढ गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं.२ का नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार उमेश श्रेष्ठले आफू काम गर्नका लागि जनताको माझ आएको बताएका छन् । उनले आफू गफ गर्न नभई परिणाम देखिने गरी काम गर्न आएको बताएका हुन् ।

उनले संविधानको रक्षा गरेर जनाको विकासको चाहना पूरा गर्ने विश्वास दिलाए । अरुलाई दोष दिनुभन्दा पनि आफूले काम गर्न चाहेको भन्दै उनले आफ्नो कार्यकालमा परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाए । जनताको स्वास्थ्य, शिक्षाको अवस्थामा नतिजा देखाउने गरी काम गर्ने उनको प्रतिबद्धता थियो ।
आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनका उम्मेदवार मतदाता भेटघाटको क्रममा आफूलाई विश्वास गर्न आग्रह गरेका छन् । तीस वर्ष भन्दा लामो समयदेखि चितवनमा रहँदै आएको बताएका उनले आफ्नो संकल्प राष्ट्रको समुन्नत विकासको रहेको उल्लेख गरे ।

प्रदेश सभा सदस्य २ (ख)का उम्मेदवार काँग्रेसका उम्मेदवार उत्तम जोशीले पनि आफूले सधैं निष्ठाको राजनीति गरेको बताउँदै जनताको विश्वास खोजेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>