अर्थ
चितवनमा व्यवसायीहरुसँग खाद्य सुरक्षा व्यवस्थापनको महत्वबारे अन्तरक्रिया

चितवन, कात्तिक १७-
चितवनमा खाद्य सुरक्षा व्यवस्थापन विषयमा अन्तरक्रिया भएको छ ।
यूएसआईडी, फुड इन्टरप्राइजेज सोलुसन्स र उद्योग वाणिज्य संघ–चितवनको संयुक्त आयोजनामा खाद्य सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया भएको हो ।
खाद्य उद्योगी तथा व्यवसायीहरुले उत्पादन गरेको वस्तुलाई गुणस्तर र सुरक्षा व्यवस्थापनको महत्वका बारेमा जानकारी गराउने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको बताइएको छ । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्योगी व्यवसायीले उत्पादन गरेका वस्तुहरु गुणस्तरीय बनाउन सकिएमा विश्व बजारमा हाम्रा वस्तुहरुको बिक्री वितरण गर्न सकिने र यस कार्यक्रमले गुणस्तरीय वस्तु उत्पादन गर्न आवश्यक वस्तुस्थितिका बारेमा जानकारी हुने बताउँदै पुस २५ गते देखि माघ ४ गते सम्म सञ्चालन गर्न लागिएको चितवन महोत्सव–२०७९ मा मेडइन चितवन, मेडइन नेपाल र घरेलु उत्पादनहरुको प्रवद्र्वनमा जोड दिने बताउनु भयो ।
कार्यक्रममा यूएसआईडी नेपालका प्रमुख फईन्द्र पाण्डेले नेपाल खाद्य सुरक्षा र खाद्य सुरक्षासम्बन्धी प्रावधानहरु,खाद्य सुरक्षा गर्नुका उद्देश्यहरु, खाद्य सुरक्षा चुनौतीका बारेमा जानकारी दिँदै उहाँले हामी राष्ट्रिय खाद्य सुरक्षा सम्बन्धी नीति नियम निर्माता नभएकोले हामी सहजकर्ता भएको समेत जानकारी गराउदै उहा“ले व्यवसायीसँगै बसेर व्यवसाय प्रवद्र्वनमा सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रस्तोता नेपाल खाद्य स्वच्छता, पूmड इन्टरप्राइजेज सोलुसन्सका प्रशिक्षक निर्वेक श्रेष्ठले खाद्य स्वच्छताका आधारभूत आवश्यकता, स्वच्छ तथा उपभोग्य वस्तु, खाद्यवस्तुमा हुने जिवाणु, खाद्य स्वच्छता र खाद्य स्वच्छता व्यवस्थापन प्रणालीबीच फरक, खाद्य स्वच्छता व्यवस्थापनको भूमिका, उद्योगहरुको डिजाइन, निर्माण, सरसफाई, मर्मत सम्भार,आपूर्तिकर्ताको व्यवस्थापन, बाह्य वस्तुको नियन्त्रण, संक्रमणको नियन्त्रण, भण्डारणका साथै फोहोर व्यवस्थापन गर्ने तरिकाहरुका बारेमा जानकारी दिँदै उहा“ले सहभागीहरुका गुनासाहरु सम्बोधन गर्नु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष, सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र ओली, उद्योग वाणिज्य संघ चितवनको तालिम संयोजक योगिता पिया, कार्यसमिति सदस्यहरु, होटल व्यवसायी, तरकारी तथा फलफूल व्यवसायी, माछा, मासु, डेरी, खाद्यन्न व्यवसायी गरी ७० जना व्यवसायीहरुको सहभागिता रहेको उद्योग वाणिज्य संघ चिवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनु भयो ।
























