चितवन विशेष
भरतपुरमा गठबन्धनका उम्मेदवारको घरदैलो सुरु

चितवन, कात्तिक १७-
प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत गठबन्धनका साझा उम्मेदवार डा. भोजराज अधिकारी र ३(क) प्रदेश सभाका उम्मेदवार डा. सूर्यकान्त घिमिरेले चुनावी घरदैलो अभियान सुरु गरेका छन् ।
३ (क) अन्तर्गत भरतपुर–९ शरदपुरबाट लोकतान्त्रिक–बाम गठबन्धनले चुनावी घरदैलो सुरु गरेको हो । सँगै भरतपुर वडा चुनाव प्रचारप्रसार सचिवालय पनि उद्घाटन भएको छ ।
यसै सन्दर्भमा जनताको साथ, सहयोग र समर्थनमा आफू निर्वाचित हुने डा. भोजराजले बताएका छन् । राजनीति गर्न नभई विकास गर्न यहाँ आएकोले जनताले सहयोग गर्ने उनले विश्वास लिए । भरतपुर क्षेत्रमा केही बाँकी रहेको खानेपानी र ढलको समस्या समाधान गर्ने गरी योजना बनाउने उनको प्रतिबद्धता छ । सामाजिक सुरक्षाका लागि पनि आफूसँग योजना रहेको उनले बताए ।
यस्तै ३ (ख) प्रदेशसभाका उम्मेदवार डा. सूर्यकान्त घिमिरेले जनताको चाहाना अनुसार काम गर्ने बताए । भरतपुर ९ का स्थानीयसँग चुनावी घरदैलोमा सहभागी भएको उनले जनताको सेवा घरआँगनमा पु¥याउने प्रतिबद्धता पनि व्यक्त गरे । ५ दलीय लोकतान्त्रिक–बाम गठबन्धन अन्तर्गत प्रतिनिधिसभा चितवन ३ मा नेकपा माओवादी केन्द्रबाट डा. भोजराज अधिकारी ३ (क) मा नेपाली कांग्रेसबाट प्रा डा सूर्यकान्त घिमिरे र ३ (ख) मा नेकपा माओवादी केन्द्रबाट ठाकुरप्रसाद ढकाल चुनावी मैदानमा छन् ।
























