देश/प्रदेश

स्कुल बसको झ्यालबाट टाउको बाहिर निकालि यात्रा गरेका बालकको टाउको रुखमा ठोक्किदा मृत्यु

Banner

काठमाडौँ, कात्तिक १७-

स्कुल बसमा यात्रा गरेका एक बालकको टाउको रुखमा ठोक्किदा मृत्यु भएको छ । बालकको उपचारको क्रममा मृत्यु भएको हो । बालक स्कुल बसको झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेका थिए ।

त्यस्तै काठमाडौंको लाजिम्पाटस्थित रुखमा ठोक्किएका १३ वर्षीय आयुष्मान दाहालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दाहाल हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार गरेका थिए । हाल बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>