Breaking News

चितवनमा गठबन्धनको साझा चुनावी प्रतिबद्धतापत्र: दुई रंगशाला र दुई औधोगिक क्षेत्र बनाइने

Banner

प्रतिमा कुमाल

चितवन, कात्तिक–१६-

चितवनका कांग्रेससहित गठबन्धनका पाँच दलले साझा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरी २२ पुष्ठको प्रतिबता पत्र सार्वजनिक गरेका हुन् ।

चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा उमेद्वार डा. भोजराज अधिकारी, ३ (क) प्रदेशसभा सदस्यका उम्मेदवार प्रा.डा. सुर्यकान्त घिमिरे र ३(ख) तर्फ प्रदेशसभा सदस्यका उमेदवार ठाकुरप्रसाद ढकालसहित गठबन्धनका नेताहरुले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको थियो ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन पछिको काम १८ वटा बुँदामा लेखिएको छ । प्रतिबद्धता पत्र अनुसार किसान पेन्सन, बिउदेखि ढुवानीमा अनुदान, कृषक एम्बुलेन्स अस्पताललाई गोठ उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ ।

साथै भुमिहिनहरुलाई जग्गाधनी प्रमाणपत्र, आवासको व्यवस्था, युवाहरुलाई रोजगारी, स्वउद्यमको प्रत्याभूति गराइने, सरकारी विद्यालय–क्याम्पसमा छात्रवृत्तिसहित निःशुल्क शिक्षा गरिने पत्रमा उल्लेख छ ।

प्रतिबद्धतापत्रमा बालबालिका, महिला, दलित समुदाय, आदिवासी जनजाति सिमान्तकृत समुदाय, फरक क्षमताका व्यक्तिहरु, शिक्षा, स्वास्थ्य, स्वरोजगार, पर्यटन प्रवर्धन, धर्म संस्कृति संरक्षण, सहिद, संघर्षका घाइते बेपत्ता योद्धा परिवार, भूपू सैनिकलगायतका विषयलाई पनि सम्बोधन गरिएको छ । यस पत्रमा लेखिएका विष पूरा हुन बाम गठबन्धनका उम्मेदवारले जित्नै पर्ने प्रतिनिधिसभा उम्मेदवार डा. भोजराज अधिकारीले बताउनुभयो ।

के छ प्रतिबद्धतापत्रमा ?

प्रतिबद्धतापत्रमा ठोरी–केरूङ राजमार्ग बिस्तार सम्पन्न गरिने, मेघौंली बिमानस्थल स्तरउन्नति गरि सञ्चालनमा ल्याइने, भरतपुर र माडीका पुराना बाटो कालोपत्रे गरिने, नारायणी, राप्ती र रेवा नदी कटान क्षेत्रमा तटबन्धसहितको सडक सञ्जाल र पर्यटकीय क्षेत्रको विकास गरी एकमा तीन विकास नीति लिइने, भरतपुरमा बाह्य चक्रपथ निर्माण सम्पन्न गरिने, नारायणी र राप्ती नदी कटान नियन्त्रण गर्न तटबन्ध गरिने, घोसरघाट नारायणी नदी पुल निर्माण गरिने उल्लेख गरिएको छ ।

त्यसैगरी रामपुर कृषि विश्वविद्यालयको सामथ्र्य विकास गरी विदेशी विद्यार्थी आकर्षण गर्ने नीति निर्माण गर्ने, चितवनलाई प्रमुख शैक्षिक तथा मेडिकल हब बनाउने, प्रादेशिक पब्लिक विश्वविद्यालय स्थापना गर्न पहल गर्ने, आधुनिक पुस्तकालय र अनुसन्धान केन्द्र स्थापना गरिने, एक वडा एक नमुना विध्यालय बनाउन नीति बनाउने, माडीमा रहेको दिवाकर प्राविधिक शिक्षालयलाई प्रादेशिकस्तरको महाविद्यालय बनाइने, भरतपुर अस्पताललाई केन्द्रीय शिक्षण र विपी कोइराला क्यान्सर अस्पताललाई क्यान्सर एकेडेमी बनाउने, मेडिकल विश्वविद्यालय स्थापना गर्न मेडिकल बोर्ड गठन गरिने, २८ वटै वडामा नागरिकको घरदैलोमा मोबाइल अस्पताल सेवा सञ्चालन गरिने उल्लेख छ ।
आवश्यक वडामा १५ बेडको सुविधा सम्पन्न, माडीको बघौडामा प्रादेशिक र मेघौलीमा ५० शैयाको सिटी अस्पताल बनाइने, स्वास्थ सेवामा सूचना प्रविधिबाट सेवा लिन टेली मेडिसिन सेवा सुरु गरिने, पाँच वर्षभित्र सम्पूर्ण नागरिकको स्वास्थ बिमा गरिने, स्वास्थ सेवालाई समतामूलक बनाउने योजना प्रतिबद्धतापत्रमा छ ।

२८ वटै वडामा २८ पर्यटकीय गन्तव्य पुर्वाधार र विकास गरिने, मेघौली– शुक्रनगर–जगतपुर, बघौडा–बसन्तपुर हुँदै शिवद्वारसम्मको सांस्कृतिक होम स्टे परिपथ निर्माण गरिने, एक सामुदायिक वन एक पर्यटकीय उधोग अवधारणा कार्यान्वयन गरिने, देवघाट– विक्रम बाबा– पाँच पाण्डव हुदै सोमेश्वरगढीसम्मको धार्मिक परिपथ कार्यान्वयन गरिने, माडी क्षेत्र समेटिएको सात गन्तव्य प्रर्वद्वन गरिने, सिटी हल, प्रदर्शनी केन्द्र, गौतमबुद्व क्रिकेट रंगशाला निर्माण सम्पन्न गरी उपयोग गरिने, उत्पादन र उत्पादकत्व बृद्वि गर्न कृषिमा व्यवसायिकरण, आधुनिकीकरण र यान्त्रिकरणमा विशेष जोड दिइने, साना किसानलाई अनुदानको व्यवस्था गर्न पहल गरिने जनाइएको छ ।

यस चितवन निर्वाचन क्षेत्र ३ का कम्तिमा शैक्षिक प्रतिष्ठानमा कमाउँदै पढ्दै कार्यक्रम सुरु गरिने, एक वडा एक उधमशिलता कार्यक्रम मार्फत युवाहरूलाई स्वरोजगार सिर्जना गरिनेछ, भूमि बिहिनहरूलाई प्राथमिकताका साथ हाल बसोबास गरेकै क्षेत्रमा जमिन धनीपुर्जा प्रदान गरी सुकुमबासी समस्याको स्थायी समाधान गरिने गठबन्धनले जनाएको छ । ६ वर्ष मुनिका बालबालिकाहरूका लागि शारीरिक र बौद्विक विकासका लागि प्रत्येक वडामा बालविकास केन्द्र र युवालाई खेलकुद मैदान र जेष्ठ नागरिकका लागि एकीकृत जेष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिने र कम्तीमा तीन स्थानमा बाल उधान निर्माण गरिने छ । दुई वटा सुविधा सम्पन्न रंगशाला, दुई ठाउँमा व्यवस्थित कवर्ड हल र स्पोर्टस् प्राविधिक शिक्षालय निर्माण गरिने योजना छ । जेष्ठ नागरिक भत्ता बृद्वि गर्न पहल लिईने, सेवा सुविधा घरदैलोमा दिने नीति लिइने, भरतपुर २३ र १९ मा निर्माणाधीन बृद्वाआश्रम सम्पन्न गरिने, २८ वटै वडामा रहेका आमा समूहलाई सशक्तिकरण गर्न विशेष सुविधा उपलब्ध गराउने, सुत्केरी भत्ता दोब्बर बनाउने प्रतिबद्धता छ । दलित समुदायको हितका लागि सांस्कृतिक अन्तरघुलन अभियान सञ्चालन गरिने, एक वडा एक बहुउद्देश्यीय दलित भवन निर्माणका लागि तहगत सरकारसँग समन्वय गरिने उल्लेख छ । दलित, आदिवासी एवम् सिमान्तकृत समुदायका युवाहरूलाई रोजगारीमा नीतिगत पहल लिने, फरक क्षमता भएका व्यक्तिहरूलाई रोजगारी दिने र व्यवसायीहरूलाई विशेष सम्मान र प्रोत्साहनको कार्यक्रम ल्याउने घोषणापत्रमा उल्लेख छ ।

शहिद परिवार, आन्दोलनका घाइते, बेपत्ता योद्वाका छोराछोरीहरूलाई स्वास्थ्य, शिक्षा, रोजगार र यातायातका क्षेत्रमा थप सहुलियत सहित अग्राधिकारको व्यवस्था गरिने, पूर्वसैनिक, प्रहरीलाई योगदानको कदर गर्दै राज्य निर्माणमा सदुपयोग गरिने, वन तथा वातावरण सन्तुलित जीवनको नारा अनुसार भान्सा नै पहिलो अस्पतालका रूपमा अभियान सञ्चालन गरिने, नदिले कटान गरेका निजी जमिनको मुआब्जाका लागि पहल गरिने, स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै मेड ईन भरतपुर र माडी को ब्रान्ड कार्यक्रम सुरु गरिने, कम्तीमा दुई ठाउँमा औधोगिक क्षेत्र विस्तार गरिने, ठोरी नाकालाई नियमित पारवहनका विकास गरिने प्रतिबद्धतामा उल्लेख छ ।

सबै सरकारी सेवा प्रदायक निकायहरूलाई सूचना र प्रविधिमैत्री र स्कुल, अस्पताल र टोलटोलमा इन्टरनेट निःशुल्क गराउने, श्रमजीवी मिडियाकर्मीका लागि निः शुल्क जीवन बिमा र स्थानीय सञ्चारमाध्यमलाई विशेष सुविधा प्रदान गर्न पहल गरिने, दामोदर कुण्डबाट मुक्तिनाथ हँुदै कालीगण्डकी करिडोर देवघाट (हरिहर क्षेत्र) तथा गोसाईकुण्डबाट त्रिशूली हुदै (हरिहर) त्रिवेणीधामसम्मको हरिहर सर्किटको अध्ययन र विकास गरिने साथै सबै तहका सरकारलाई अध्ययनमा आधारित नीति, योजना र कार्यक्रम बनाउन नीतिगत सुधार गरिने गठबन्धनको घोषणापत्रमा समावेश छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>