चितवन विशेष

भरतपुरको लामाटोलबाट जुवा खेल्दै गरेका १६ जना कौडासहित पक्राउ

Banner

चितवन, कात्तिक १५-

भरतपुर महानगरपालिका–११ लामाटोलबाट जुवा खेल्दै गरेका कौडासहित १६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले जनाएअनुसार आज दिउँसो लामाटोलको मैती लामाको घरमा कौडा खेलिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले नगद एक लाख २८ हजारसहित कौडा १६ थान पक्राउ गरेको हो । पक्राउ पर्नेमा भरतपुर–११ बस्ने वर्ष ४० की मिना कुमारी दर्लामी, वर्ष ३८ की तिर्थकुमारी गुरुङ, बर्ष ३० की सबु गुरुङ, वर्ष ३७ को सरोज गुरुङ भरतपुर–११ का वर्ष ३५ को डम्बरजङ गुरुङ, सोही ठाउँको वर्ष ३५ को सरोज न्यौपाने, वर्ष ४१ को राजेन्द्र सिंखडा, वर्ष ३२ को शिव कुमाल, वर्ष ४२ को कुमार सिंह तामाङ, वर्ष ३० को प्रविण भट्टराई, वर्ष ३४ को जितेन्द्र कुमाल, वर्ष ४८ को कृष्णबहादुर तामाङ, वर्ष ६८ को बलबहादुर कुमाल र वर्ष ६८ को रेशमबहादुर लामा रहेका छन् ।

त्यस्तै तनहुँ घर भई सोही ठाउँमा बस्ने वर्ष ३७ को शिवराज घिमिरे, लमजुङ घर वर्ष ४८ को दिलबहादुर गुरुङ रहेका छन् । उनीहरुलाई जुवा खेल्न नहुनेसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>