चितवन विशेष

उद्योग वाणिज्य संघ–चितवनका सदस्यलाई नारायणी सामुदायिक अस्पतालमा छुट

Banner

चितवन, कात्तिक १५-

उद्योग वाणिज्य संघ–चितवनका सदस्य तथा व्यवसायीलाई नारायणी सामुदायिक अस्पताल भरतपुरले स्वास्थ्य सेवामा सहुलियत दिने भएको छ ।

उद्योग वाणिज्य संघ–चितवन र अस्पतालबीच आज छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उद्योग वाणिज्य संघ–चितवनले संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले बताउनुभयो । सम्झौतापत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवा सुविधा बृद्धि गर्नको लागि संघ प्रयत्नशिल रहेको बताउँदै स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउने नारायणी सामुदायिक हस्पिटलप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रमममा नारायणी सामुदायिक हस्पिटलका प्रशासकीय अधिकृत अरुण लम्सालले उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यलाई सेवा सुविधा दिन पाउँदा खुसी लागेको बताउनुभयो । सहुलियत सुविधा प्राप्त गर्नको लागि उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यहरुले संघबाट छुटको परिचयपत्र सहित सदस्यता परिचयपत्र देखाउनु पर्ने तर संघको सदस्यता नविकरण भएको हुनुपर्ने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनु भयो । सदस्यहरुले ओपीडी टिकट, सीटी स्क्यान र इम्प्लान्टबाहेककाअन्य सम्पूर्ण सेवामा १५ प्रतिशत छुट पाउने कार्यकारी निर्देशक केसीले बताउनु भयो ।

साथै सदस्य व्यवसायीका परिवारका अन्य सदस्यहरुले समेत सो सुविधा प्राप्त गर्ने नारायणी सामुदायिक हस्पिटलका प्रशासकीय अधिकृत अरुण लम्सालले बताउनु भयो । सम्झौतामा हस्ताक्षर कार्यक्रममा संघका प्रथम उपाध्यक्ष चिरञ्जिवी सुवेदी र कार्यकारी निर्देशक निलबहादुर केसीको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>