राजनीति

माओवादी घोषणापत्रमाथि विश्वकर्माको टिप्पणी: बढी भ्रष्टले सम्पत्ति छानबिन गर्ने ?

Banner

काठमाडौँ, कात्तिक १५-

नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले नेकपा माओवादी केन्द्रको घोषणापत्रमाथि प्रश्न उठाउनु भएको छ ।
पार्टीको ९ औ महाधिवेशनको निर्णय काठमाडौंमा सार्वजनिक गर्न राखिएको पत्रकार सम्मेलनमा विश्वकर्माले जो सबैभन्दा बढी भ्रष्ट छ उसैले छानबिन गर्ने भन्ने सन्दर्भ नसुहाउने टिप्पणी गर्नुभयो ।

‘संसदवादी पार्टीहरूले चुनावमा जान घोषणापत्र भटाभट सार्वजनिक गरेका छन् । हिजो केही पार्टीले घोषणापत्र जारी गरे । यो देशमा जति जति भ्रष्टाचार गरेर पैसा थुपारेका छन् । उनीहरूको सम्पत्तिको छानबिन गर्ने भनिएको छ’ विश्वकर्माले भन्नुभयो, ‘मैले के भन्छु भने जो सबैभन्दा बढी भ्रष्ट छ । उसले सम्पत्ति छानबिन गर्ने भन्छ । जनतालाई मूर्ख बनाउने यस्तो पनि छ ? ’

श्रम नगरेर भ्रष्टाचार गर्ने र विदेशीसँग भिख मागेर पैसा कुम्ल्याउने गरेको विश्वकर्माले बताए । माओवादीले २०४७ सालदेखि यता भएका प्रधानमन्त्री, मन्त्री संवैधानिक निकायका प्रमुख र विशिष्ट श्रेणीका कर्मचारीको छानबिन गर्न शक्तिशाली आयोग गठन गरेर छानबिन गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । सोही विषयलाई विश्वकर्माले भ्रष्टाचार गर्नेले सम्पत्ति छानबिन गर्न आयोग बनाउने विषय नसुहाउने दाबी गर्नुभएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>