घटना -दुर्घटना

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

Banner

काठमाडौं, कात्तिक १५-

देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

कास्कीको पोखरा महानगरपालिका-२५ स्थित हेम्जा छुच्चीको ओरालोमा ग.१ त १६८२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सोही महानगरपालिका-२५ हनुमान चोक बस्ने ४१ वर्षीय लक्ष्मण बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

यता रौतहटको बृन्दावन नगरपालिका-६ हर्षाहास्थित सडकमा प्रदेश २-०३-०२० प.६९२४ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको गाडीले सोमबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार वौधिमाई नगरपालिका-३ ईनरबारी बस्ने १८ वर्षीय जितेश राय यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै सर्लाहीको बरहथवा नगरपालिका-८ पुर्णिया पुलस्थित सडकमा ज.४ प ३५९४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गोडैता नगरपालिका.१० बस्ने २२ वर्षीय मनिष महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डेन्टी अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>