देश/प्रदेश

थुनछेक बहसका लागि सन्दीपलाई लगियो अदालत

Banner

काठमाडौँ, कात्तिक १५- 

प्रहरीले बलात्कार आरोपी सन्दीप लामिछानेलाई जिल्ला अदालत पु¥याएको छ। थुनछेक बहसका लागि उनलाई अदालतमा उपस्थित गराइएको हो। आजदेखि उनको बयान लिने र त्यसपछि थुनछेक आदेश हुनेछ। आजै बयान पनि लिनु पर्ने र थुनछेक बहस पनि हुने भएकाले नसकिए बुधबार मात्रै आदेश आउनेछ।

सोमबार जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेले बलात्कार गरेको दाबीसहित अदालतमा अभियोग पत्र दायर गरेको थियो। लामिछानेले १८ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै जाहेरी गरेकी थिइन्। उक्त कसुरमा १० देखि १२ वर्षसम्म कैद र ५ लाख रुपैयाँ क्षतीपूर्तिको माग गरिएको छ।

गत भदौ २१ गते उनीविरुद्ध जाहेरी परेको थियो। असोज २० गते उनी नेपाल फर्किएपछि पक्राउ परेका थिए। त्यसयता उनी हिरासतमा छन्। थुनछेक आदेशपछि उनी कारागार चलान हुने वा मुद्दाको किनारा नलागेसम्म बाहिरै रहने भन्ने टुंगो लाग्नेछ। तर अन्तिम फैसला हुन भने केही महिना लाग्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>