चितवन विशेष

भरतपुर महानगरपालिकाले खुलायो जग्गाको कित्ताकाट

Banner

भरतपुर, कात्तिक १५–

भरतपुर महानगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । पाँच हजार वर्गमिटरभन्दा कम अर्थात् १४ कट्ठा १५ धरुसम्म क्षेत्रफल भएको जग्गाको कित्ताकाट खुला गरिएको महानगरका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए ।

जग्गा व्यवसायीसंग भएको मौखिक सहमतिपछि महानगरले बोर्ड बैठकबाट नै जग्गा कित्ताकाटको निर्णय गरेको अधिकारीले बताए ।

महानगरबाट भएको निर्णयले खुसी लागेको नारायणी जग्गा तथा आवास व्यवसायी संघ चितवनका अध्यक्ष बाबुराम अधिकारीले बताए । उनका अनुसार कित्ताकाट रोकिँदा किसान र गरिबलाई त्यसको प्रत्यक्ष मर्का परेको थियो ।

भू–उपयोग नियमावली, २०७९ को नियम ८ मा भू–उपयोग क्षेत्र वर्गीकरण गर्ने आधार र मापदण्ड रहेको छ ।

यसै नियमावलीको अनुसूची १ को बुँदा क (९) मा बसोवास, व्यावसायिक क्षेत्र वा अन्य उपयोग भएको क्षेत्रसँग जोडिएको भएता पनि कित्ताको क्षेत्रफल ५ हजार वर्गमिटरभन्दा बढी अर्थात् १४ कट्ठा १५ धुरभन्दा बढी खेती गरिएको वा खनजोत गरिएको वा पर्ती बाँझो जग्गा कृषि क्षेत्र भनी उल्लेख गर्नुपर्ने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>