Breaking News

नवलपरासी पश्चिममा डुंगा डुब्दा तीन जनाको मृत्यु

Banner

नवलपरासी, कात्तिक १४–

पश्चिम नवलपरासीमा एक घोलमा डुगां डुब्दा तीन जनाको मृत्यु भएको छ ।

आज अपरान्ह सुस्ता गाउँपालिका–४ गोकुलनगरको नसर्ही खोलाको घोलमा डुंगा डुब्दा स्थानीय ४ जना युवाहरुको मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ । युवाहरु पिकनिक खान सो स्थानमा जाँदा डुंगामा चढेको प्रहरीको भनाई छ । दुर्घटनामा स्थानीय १८ वर्षीय निरज हरिजन, २२ वर्षीय गुडडु हरिजन र रन्जित गुप्ता गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख एसपी ऋषिराम कण्डेलले जानकारी दिएका छन् ।

डुंगामा सवार अन्य २ जना घाईते भएका छन् । घाईते हुनेमा २२ वर्षीय किशोर हरिजन, सोहीत सहानी घाईते छन् ।

फोटोः फाइल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>