Breaking News

माओवादीको घोषणापत्र: २०४७ पछि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने

Banner

काठमाडौँ, कात्तिक १४

नेकपा (माओवादी केन्द्र) ले २०४७ सालपछि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने बताएको छ ।

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि तयार गरिएको घोषणापत्रमा छानबिनको बारेमा उल्लेख गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सोमबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गर्दै केही नीतिगत र कार्यक्रमगतरूपमा प्रतिबद्धतापत्रमा स्पष्टसँग उल्लेख गरिएको जानकारी दिनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि मिल्ने शासकीयस्वरूप प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएको र आम जनताको पहुँच रहने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुने विषयलाई प्रतिबद्धतापत्रमा समावेश गरिएको बताउनुभयो ।

माओवादीले विसं २०४७ पछि सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषयलाई पनि प्रतिबद्धतापत्रमा समावेश गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>