चितवन विशेष

गठबन्धन गरेर प्रतिगमनकारीनै अग्रगामी भन्दै हिँडेका छन्: पूर्वमन्त्री बिक्रम पाण्डे

Banner

चितवन, कात्तिक १४-

चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डेले प्रतिगमनकारीहरुनै अग्रगामी भन्दै हिडेको आरोप लगाउनुभएको छ ।

भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित शिवशक्ति युवा क्लबले गरेको अन्तरक्रिया कार्यक्रमा उहाँले देश विदेशीलाई सुम्पिन तयार हुने नेताहरु आफूलाई अग्रगामी भन्दै हिडेको टिप्पणी गर्नुभएको छ । उहाँले पहिचान र परिवर्तनको राजनीति भन्दै भाषण गर्नेहरुकै कारण देश संकटमा पुगेको दाबी गर्नुभयो । उहाँले देशलाई षड्यन्त्रकारीहरुको कब्जाबाट मुक्त गर्नुपर्ने खाँचो रहेको बताउनुभयो ।

‘सिद्धान्तको प्रशिक्षण दिनेहरुले अहिले फलानो पार्टीलाई भोट दिनु भनेर निर्देशन दिन थालेका छन्, जनतालाई पार्टीको सिपाही बनाएका छन्’, पूर्वमन्त्री पाण्डेले भन्नुभयो, ‘न्यायप्रेमी जनताहरु अब जाग्नुपर्छ, पार्टी होइन, देश बचाउने र विकास ल्याउने नेताहरुलाई जिताउन लाग्नुपर्छ ।’ उहाँले जनताले तिरेको कर देश विकासमा भन्दा बढी सांसदहरु मन्त्रीहरु पाल्न लगानी भएको दाबी गर्नुभयो । ‘गाउँबस्तीमा विकास ल्याउन बजेटले पुग्दैन, आयोजनाहरु ल्याउनुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो, ‘दातृनिकायबाट ठूला आयोजना माग गर्नुपर्ने अवस्था छ, संकलित कर जति सबै सांसद, मन्त्रीलाई सेवा सुविधाका लागि खर्च भइरहेको छ ।’

उहाँले संघीय र प्रदेश सरकार बनाउन चुनाव पहिल्यै गठबन्धन गरेर झुटा आश्वासन बाँड्दै जनता झुक्याउने काम भइरहेको तर्क गर्नुभयो । ‘किसानका खेतखेतमा प्राविधिक पठाउने, उत्पादन बढाउनेतर्फ ध्यान दिनै सकेनन्’, उहाँले भन्नुभयो, ‘पश्चिम चितवनलाई कृषि हब बनाएर सोही अनुसार किसानलाई प्रोत्साहन गर्न सके देशलाई पुग्ने उब्जनी फलाउन सकिन्थ्यो ।’ उहाँले विश्वले विकास हेर्न आउने क्षेत्रका रुपमा चितवन–३ लाई विकास गर्न सकिने सम्भावना रहे पनि सही पात्र सांसद नबन्दा अवसर गुमिरहेको बताउनुभयो ।

‘देश, विदेशमा विकास निर्माणको काम गरेको अनुभव मसँग छ, विकासको प्लान ल्याएको छु’, राप्रपा उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘यस पल्ट सांसदमा निर्वाचित भएमा जनताले सधै सम्झिने गरेर काम गरेर देखाउनेछु ।’ उहाँले जनताहरु अन्याय, बेतिथिविरुद्ध मंसिर ४ मतदान गर्ने विश्वास लिएको बताउनुभयो । उहाँले राष्ट्रहित विपरित सम्झौता गर्न खोज्नेहरुलाई खबरदारी गर्न देशभरबाट राष्ट्रवादीहरुले चुनाव जित्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>