देश/प्रदेश

पुलको केही भाग बाढीले बगाएपछि भर्याङको साहेताले पुल चढ्छन् स्थानीय

Banner

कालीकोट, कात्तिक १४-

पुलको केही भाग बाढीले बगाएपछि स्थानीयले पुल चढ्न भर्याङको सहारा लिनु परेको छ । असोज १९ गतेदेखि २५ गतेसम्मको लगातारको वर्षापछि आएको बाढीले कालीकोटको जितेगडामा झोलुङ्गे पुल बगाएको हो ।

सान्नीत्रिवेणी-१ मा रहेको लुसा गाउँ नजिकैबाट आएको पहिरोले कर्णाली करिडोर अवरुद्ध गरे पनि नागरिकले छोटो बाटोका लागि यही पुलमार्फत हिँडडुल गर्छन् । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माका अनुसार पुल पुनः निर्माणका लागि समन्वय भइरहेकोले हाल नागरिकको सहज आवतजावतको लागि स्थानीयले भर्याङ निर्माण गरेका छन् ।

त्यस्तै अहिले कालीकोटको जितेगडा पुगेका नागरिकले नरहरिनाथ, सान्नीत्रिवेणी, पचालझरना, पलाता गाउँपालिका र रास्कोट नगरपालिका आवतजावतका लागि यही पुलको प्रयोग गर्दै आएका छन् । बाजुरा र हुम्ला जाने नागरिक पनि यही पुलमार्फत आवतजावत गर्छन्। (स्रोतः उज्यालो)

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>