चितवन विशेष

अस्पताल भर्ना भएका कांग्रेस नेता कोइरालालाई एमाले उपाध्यक्ष पाण्डेले भेटे

Banner

चितवन,कात्तिक १४-

चुनाव प्रचारको क्रममा बेहोस भएर चितवनको पुरानो मेडिकल कलेजमा उपचार गरिरहेका नेपाली कांग्रेसका नेता डा शशांक कोइरालालाई नेकपा एमालेका उपाध्यक्ष तथा चितवन क्षेत्र नंबर १ का उम्मेद्वार सुरेन्द्र पाण्डेले भेट गरि स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पूर्व-१ बाट उम्मेदवार रहेका उनी बेहोस भएपछि उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना भएका उनलाई एमाले उपाध्यक्ष पाण्डेले भेट गरेका हुन् । उपचारको लागि गृह जिल्लामा रहेका पाण्डेको स्वास्थ्य अवस्थाको बारेमा जानकारीको लागि भेट गरिएको पाण्डेको सचिवालयले जनाएको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>