चितवन विशेष

चितवनलाई स्विजरल्याण्ड बनाउने भन्दै दुई स्वतन्त्र उम्मेदवारद्वारा विकासको योजना सार्वजनिक

Banner

चितवन, कात्तिक १३-

चितवन क्षेत्र नम्बर २ का दुई स्वतन्त्र उम्मेदवारले संयुक्तरुपमा विकासको योजना सार्वजनिक गरेका छन् ।

आज (शनिबार) नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिनिधिसभाका उम्मेदवार सुदर्शन प्रधान र २ (१) का प्रदेशसभा सदस्य उम्मेदवार तिलक थापा मगरले संयुक्त रुपमा विकासको योजना सार्र्वजनिक गर्नुभएको हो ।

प्रधान र मगरले २० बुँदे योजनाहरु सार्वजनिक गर्दैसंघीय सांसद, प्रदेश सांसद र मन्त्रीहरुले तलब, भत्ता र गाडी सुविधाहरु लिन नहुने गरी नीति ल्याउनुपर्ने बताउनुभएको छ । ‘हरेक सांसद, मन्त्रीहरु उद्यमी, व्यवसायी बन्नुपर्छ, स्वीट्जरल्याण्ड जस्तै बनाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘राज्यको कुनै आर्थिक, भौतिक सुविधा लिने प्रवृत्ति हटाउनुपर्छ ।’

पर्यावरण, भूमि, बैंकिङ, रक्षा, गृह, विद्युत्, फोहर व्यवस्थापन, पर्यटन, स्वास्थ्य शिक्षा, यातायात नीतिलगायतका २० बुँदे योजनाहरु उहाँहरुले सार्वजनिक गर्नुभएको हो । पहाडी क्षेत्रको गाउँ बस्तीमा बाँदर आतंक नियन्त्रण गर्ने गरी कार्यक्रम ल्याइने उहाँहरुको दाबी छ । उहाँहरुले बालबच्चाहरुलाई देश, जनताप्रतिइमान्दार र बफादार राजनीति गर्न, सिक्न, बुझ्न र क्रियाशिल हुन उत्प्रेरणा दिने नीति ल्याइने बताउनुभएको छ ।
भरतपुर–१ निवासी प्रधान पञ्चायतकालमा विद्रोही भूमिगत कार्यकर्ता, केन्द्रीय लडाकु दलको कमाण्डर, पर्यावरण संरक्षण अभियान्ता, पर्यटकीय गाउँ घलेगाउँ निर्माणका अभियन्ता समेत हुनुहुन्छ । उहाँ लेखनमा पनि रुचि राख्नुहुन्छ ।

यस्तै चितवन २ (१) बाट प्रदेशसभा सदस्य उम्मेदवार तिलक थापा मगरले स्वासथ्य शिक्षा, यातायात सर्वसुलभ, निःशुल्कहुनुपर्ने बताउनुभएको छ । उहाँले भ्रष्टाचार नियन्त्रण गर्न कडा कानुन चाहिएको बताउनुभयो । इच्छाकामना–७ भालुमाराका मगर लामो अवधि ड्राइभिङ पेसामा आवद्ध हुनुभएको थियो । प्रधानको मौरी, मगरको बोलेरो गाडी चुनाव चिन्ह रहेको छ । निर्वाचन आयोगमा चुनाव लगत्तै पार्टी दर्ता गरेर देशव्यापी संगठन विस्तार गरिने उहाँहरुले पत्रकार सम्मेलनमा दाबी गर्नुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>