चितवन विशेष

चितवनका मगर विद्यार्थीद्वारा तिहारमा देउसीभैलो खेलेर चार लाख बढी संकलन

Banner

चितवन, कात्तिक–१३

चितवनका मगर विद्यार्थीहरुले तिहारमा देउसीभैलो खेलेर चार लाख ५० हजार रुपैयाँ संकलन गरेका छन् ।

मगर विद्यार्थी अक्षयकोष स्तरोन्नतिका लागि शुभदिपावली (वलिहाङ पर्व) को अवसरमा देउसीभैलो कार्यक्रम गरिएको हो ।

नेपाल मगर विद्यार्थी संघ चितवन र नेपाल मगर सांस्कृतिक संघ जिल्ला समिति चितवनको आयोजनामा कात्तिक ७ गते देखि १२ गतेसम्म देउसीभैलो खेलिएको थियो । संकलन भएको रकमको ५० प्रतिशत जिल्लाको मगर विद्यार्थी अक्षयकोष र ५० प्रतिशत मगर विद्यार्थी संघमा राखिने आयोजकले जनाएको छ ।

नेपाल मगर संघ बागमती प्रदेश मुख्यसचिव एवम् मगर विद्यार्थी अक्षयकोष चितवनका सचिव मिलन थापा मगरले अक्षयकोषबाट बर्सेनि जेहेन्दार, विपन्न, प्रतिभाशाली बालबालिकाहरुलाई छात्रवृत्ति र शैक्षिक सामग्री सहयोग गर्दै आएको बताउनुभयो । यसको स्तरोन्नतिले थप यस कार्यमा सहयोग मिल्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘२०७५ सालमा जिल्लामा करिब पाँच लाखको अक्षयकोष स्थापना भयो । यसको ब्याजले प्रत्यक वर्ष ३४–३५ जनालाई शैक्षिक सामग्री सहयोग गर्छौ भने केहीलाई छात्रवृत्ति दिँदै आएका छौं । यसको स्तरोन्नतिले अझै सहयोग पुग्ने विश्वास छ ।’

‘सम्पूर्ण मगर विद्यार्थीहरु एक हौऔं, शैक्षिक जागरण फैलाऔं’ भन्ने मूल नाराका साथ बलीहाङ पर्व मनाइएको थियो । संस्कार संस्कृति परम्परा संरक्षण सहितअक्षयकोष स्तरोन्नतिका लागि गरिएको यस देउसीभैलो कार्यक्रममा चुट्का, कौडा, सोरठी जस्ता गीत र नृत्यमा कलाकारहरुले प्रस्तुति दिएका थिए ।

देउसीभैलो कार्यक्रम भूँयरथान मगर समाज जखडीमाई, मगर समाज भरतपुर १२, ज्ञानोदय मगर समाज भरतपुर ९, सूर्योदय मगर समाज भरतपुर ८, चन्द्रएकता मगर समाज क्षेत्रपुर, मगर संघ कालिका नगर समिति, सोनी लाफा मगर समाज खैरेनी ३, मगर उत्थान समाज राप्ती ७, मगर समाज दिव्यनगर भरतपुर २६, मगर समाज शारदानगर भरतपुर २०, मगर समाज मुग्लिनसहित १९ ठाउँमा गरिएको थियो ।

   

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>