चितवन विशेष

एकपटक पुनःसंसदमा जाने बाटो खुला गरिदिनोस्: बिक्रम पाण्डे

Banner

चितवन, कात्तिक १३–

चितवन क्षेत्र नं. ३ का उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डेले एकपटक पुनः संसदमा जाने बाटो खुला गरिदिन मतदाता समक्ष आग्रह गर्नुभएको छ ।

चुनावी घरदैलोका क्रममा भरतपुर महानगरपालिका वडा नं. ८ सगरमाथा टोलमा भएको कार्यक्रममा नेता पाण्डेले भन्नुभयो, ‘म हरेक समस्यासँग लड्न तयार छु । एक पटक पुन संसदमा जाने अवसर दिनुहोस् । ’ उहाँले भन्नुभयो, ‘समस्या र संघर्षमा म सधैँ रमाउने मान्छे हुँ । त्यसैले डराएर कहिल्यै भाग्दिनँ ।’ ३२ वर्षे राजनीतिक यात्रामा चुनाव लडेकै २५ वर्ष भइसकेकोले अबको समय पनि चितवनवासीकै लागि समर्पण गरिने उहाँको भनाइ छ ।
चितवनवासी युवाको समस्याको जिम्मा आफूले लिने उहाँको दाबी छ । नेता पाण्डेले भन्नुभयो, ‘हरेक युवाको समस्या र सरकारी झमेलाको जिम्मा मलाई दिनुहोस् ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>