कालिका

पाँच वर्षमा कृष्णभक्तले कालिका नगरपालिकामा सञ्चालन गरेको ३७ योजना, के के हुन् ?

Banner

चितवन, कात्तिक १३-

चितवनको क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले पछिल्लो पाँच वर्षको अवधिमा कालिका नगरपालिकामा मात्रैं ६३ करोड ३५ लाखका ३७ योजना सम्पन्न गर्नुभएको छ ।

विभिन्न कानुन निर्माण महत्वपूर्ण योगदान गर्नुभएको सांसद पोखरेलले विकास निर्माणमा काममा पनि उत्तिकै प्राथमिकतामा राख्नुभएको छ ।
कालिका नगरवासीको जीवनसँगै जोडिएको कयरखोला तटबन्धनका लागि सांसद पोखरेलको पहलमा १० करोडभन्दा बढी रकम बिनियोजन भइ काम भइरहेको छ । कालिका शक्तिखोरदेखि तीनदोभान रन्तेष चेपाङ मार्ग स्तरोन्नतिका लागि साइड ड्रेन निर्माणमा ५० लाख, कालिका नगरपालिकामा नै रिङरोड सडक कालोपत्रे निर्माण गर्न पाँच करोड ५० लाख रुपैंया खर्च भएको नगरपालिकाले जनाएको छ ।

कालिकामा पर्ने कयर पुल निर्माणको लागि चार करोड, सिन्ती पुल निर्माण गर्न एक करोड ५० लाख, शक्तिखोरबाट तीनदोभान सिद्धी बाटो एक करोड र शक्तिखोर चेपाङ छात्राबासका लागि एक करोड रुपैयाँ पोखरेलको पहलमा आएको थियो । कालिका नगरपालिका ६ ढोकुन थर्पलिङ गुम्बाका लागि पाँच करोड, मजवाग माविका लागि एक करोड, कालिका ११ को वर्थिग सेन्टरको लागि एक करोड, जुटपानी खानेपानी १९ करोड रुपैँया खर्च भएको छ ।
कालिका नगरपालिका शक्तिखोर छेवराङ हात्तिबाङ चौकीडाँडा भाराङ सडक निर्माणको लागि एक करोड रुपैयाँको काम गरिएको सांसद कृष्णभक्त पोखरेलले बताउनुभयो । यो सडक बन्दा छेवराङ हात्तिबाङ चौकीडाँडा भाराङका सयौं जनता लाभान्वित हुनेछन् । कालिका नगरपालिकाको गैंरीबारी उपरदाङगढी सडक निर्माण कार्यको लागि तीन करोड, वडा नम्बर २ र ३ को सिमाना बाटो निर्माण गर्नका लागि तीन करोड रुपैयाँ खर्च भएको छ ।
यसैगरी, प्रतिनिधिसभा सदस्यले वितरण गर्ने स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत विकासका कार्यक्रम अन्तर्गत पनि कालिका नगरपालिकामा धेरै काम भएका छन् ।

कालिका नगरपालिका वडा नं. ६ र रनपाको सिमाना बाटो निर्माणको लागि २५ लाख, कालिका–९मा सुलिटार कुलो निर्माणको लागि १५ लाख, कालिका–११ मा लालिवाङ खोलामा कल्भर्ट निर्माणको लागि २० लाख, कालिकामा मदन–आश्रित सामुदायिक सभागृह भवन निर्माणको लागि २० लाख रुपैयाँ बराबरको काम भएको छ ।

यसंैगरी कालिका–५ मा भिमवली बाबा मन्दिर संरुक्षण समिति थारू संग्राहालय एवम् सांस्कृति केन्द्र निर्माणमा ५० लाख रुपैयाँ बराबरको काम भएको छ । पोखरेलको पहलमा कालिका–८ मा न्यूरेनी देवीटार सडकस्तर उन्नतिको लागि ५० लाख, कालिका–५मा भिमोदय मावि पूर्वाधार निर्माणमा १० लाख काम भएको छ ।

यसैगरी, कालिका–१मा रहेको गडुवा आधारभूत विद्यालयको भौतिक पूर्वाधार विकासमा १० लाख, कालिका–२ मा रहेको साँगे कजुँवा गुम्बा निर्माणका लागि १० लाख,कालिका–३ मा बनकट्टा स्कुलदेखि पूर्व बाटो २०० मिटर पिचको लागि पोखरेलको पहलमा १० लाख खर्च भएको छ । कालिका–४ मा रहेको कविता न्यौपानेको घरदेखि पूर्वबाटो पिच कालोपत्रे १० लाख, कालिका–५ मा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको लागि १० लाख,कालिका–६ र ७ मा सडक नाला निर्माणका लागि २० लाख,कालिका–७ मा पृथ्वी मावि शाखा भवन निर्माणका लागि १० लाख, कालिका–९मा सुलिटार र सामफराङ खानेपानीका लागि १० लाख र कालिका–११ मा दामसिटारबाट तीनदोभान बाटो बनाउन १० लाख रूपैयाँ पोखरेलको पहलमा स्रोत व्यवस्थापन गरी खर्च भएको छ । कालिका–९ शक्तिखोरका स्थानीय हिम्मत पुरीले सांसद पोखरेल सांसद भएपछि कालिका नगरपालिका भित्रका अधिकांश सडकहरू कालोपत्रे भएको र कतिपय हुने क्रममा रहेको बताउनुभयो । उहाँले नगरपालिका क्षेत्रको विद्यालयको भौतिक पूर्वाधार विकास, खानेपानीलगायतका क्षेत्रमा आमुल परिवर्तन भएको विचार राख्नुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>