देश/प्रदेश

पाल्पामा भएको बस दुर्घटनाप्रति धानमन्त्री देउवाद्वारा दुःख व्यक्त

Banner

काठमाडौँ, कात्तिक १३- 

प्रधानमन्त्री शेरबहादुर देउवाले पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज बिहान ट्वीट गर्दै पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।

उहाँले दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले सो दुर्घटनाबाट घाइते भएकाहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>