नवलपरासी

रामग्राममा झरही करिडोर निर्माण हुने

Banner

नवलपरासी, कात्तिक १३-

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित झरही नदी किनारमा तटबन्धसहित करिडोर बनाउने योजना अघि सारिएको छ । रामग्राम नगरपालिकाले झरही करिडोरको नामबाट नदीको किनारमा तटबन्धसहित सडक निर्माण गर्ने योजना अघि सारेको हो ।

झरही नदीमा बर्सेनि आउने बाढीका कारण हुने डुबान तथा कटानको समस्या दीर्घकालीनरुपमा समाधान गर्न र नदी किनारलाई सडक सञ्जालमा जोडेर पर्यटक आकर्षण गर्ने लक्ष्यका साथ उक्त करिडोर निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख धनपत यादवले राससलाई जानकारी दिनुभयो ।

परासीको हाटबजार नजिकको सेतोपुलदेखि सण्डा पुलसम्मको क्षेत्रमा करिडोर निर्माणका लागि अध्ययन गरिएको नगरप्रमुख यादवले बताउनुभयो ।

झरही नदीमा बर्सेनि आउने बाढीले सदरमुकाम परासी नै जोखिममा रहेकाले नदी व्यवस्थापन जरुरी रहेको र त्यसका लागि करिडोर एउटा माध्यम बन्ने उहाँको भनाइ थियो। उक्त करिडोरले नदी नियन्त्रण र उक्त क्षेत्रमा यातायात सुविधा पुग्नाका साथै मर्निङवाकका लागि पनि उपयुक्त स्थल बन्ने अपेक्षा गरिएको छ । यसले झरही तटीय क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सहयोग पुग्ने नगरप्रमुख यादवले बताउनुभयो ।

बहुउपयोगी मानिएको उक्त करिडोर चालू आवमै थालनी गर्ने तयारी नगरपालिकाको छ । नगरपालिकाका इञ्जिनीयर सतिश गुप्ताका अनुसार नगरपालिकाले यस वर्ष आफ्नै लगानीमा एस्काभेटर खरिद गर्न लागेको र नदी सफाइका लागि रु ४० लाख बजेट पनि विनियोजन गरिएकाले सोही बजेटबाट नदी किनारमा तटबन्धसहित ग्राभेल गरिने भएको छ । थप बजेटको सुनिश्चितता भएपछि करिडोर व्यवस्थितरुपमा निर्माण गर्ने नगरपालिकाले जनाएको छ । रासस फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>