आर्थिक
भारतले थप एक वर्ष लम्ब्यायो चिनी निर्यातमा प्रतिबन्ध
०

काठमाडौं, कात्तिक १३-
भारतले आफ्नो उत्पादनमा निर्यात प्रतिबन्धदेखि निर्यातमा कर लगाउन थालेको छ । गत शुक्रबार एक सूचना निकालेर भारतले चिनी निर्यात प्रतिबन्ध पनि लम्ब्याएको छ । भारतले पछिल्लो ४ महिनादेखि चिनी निर्यात रोकेको थियो । अब त्यो प्रतिबन्धलाई १ वर्ष लम्ब्याएको हो । यसअनुसार सन् २०२३ को अक्टोबरसम्म चिनी निर्यात प्रतिबन्ध हुनेछ ।
विश्व बजारमा भारतबाट चिनी निर्यात धेरै भएको र घरेलु बजारमा चिनीको मूल्य अकासिएको भन्दै सुरुमा निर्यात रोकेको थियो ।
नेपालले भारतबाट वार्षिक १ लाख ६० हजार मेट्रिक टन चिनी आयात गर्दै आएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























