देश/प्रदेश

दर्शनार्थी बोकेको बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

Banner

चितवन, कात्तिक १३–

पाल्पाबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा मृत्यु हुने र घाइते भएकाहरुको पहिचान खुलेको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि भरतपुर ल्याइएको छ ।

आज बिहान करिब ४ बजेको समयमा नवलपुरको बुलिङटार गाउँपालिका–२ मथारस्थित कालिगण्डकी करिडोर सडकखण्डमा ना ६ ख ७५८० नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेहरुमा पाल्पा रम्भा गाउँपालिका–१ बस्ने वर्ष ४१ को तारा विक, वर्ष १७ को बिनय विक, वर्ष ६२ की धनि विक, वर्ष ५८ की देवी गाहा र स्याङजा गल्याङ नगरपालिका–९ बेलचौर बस्ने वर्ष ४५ की फुलमाया माझी रहेका छन् ।

घाइते हुनेहरुमा बस चालक पाल्पा रामपुर नगरपालिका–३ गण्डकी बस्ने वर्ष २९को दिल कुमार श्रेष्ठ, बस सहचालक वर्ष २४ को साजन श्रेष्ठ, बसमा सवार रम्भा–१ बस्ने वर्ष ४ को अंकित सुनार, वर्ष १० को कृष्ण केवट, वर्ष १८ को प्रविण सुनार, वर्ष २० को राम बहादुर बिक, वर्ष २१ को रिता बिक, वर्ष २५ को कासीराम बिक र वर्ष २० को बिशाल बिक रहेका छन् ।

त्यस्तै, वर्ष १ की आइसा बिक, वर्ष १६ को अविनाश बिक, वर्ष ७ की पुष्पा बिक, वर्ष ४७ को मेघनाथ बिक, स्याङजा बेलचौर–९ बस्ने वर्ष २५ की दिलमाया राना, वर्ष ३ को रविन राना, पाल्पा झडेवा बस्ने वर्ष ३२ की सुमित्रा बिक, रम्भा–१ बस्ने वर्ष १५ की रिमा बिक (अवस्था गम्भिर), वर्ष ३२ की सन्जु सुनार, वर्ष ३८ को प्रेम बहादुर सुनार, वर्ष २० को आषिश सुनार, वर्ष २० को बिजय बिक र वर्ष ३६ की माया बिक रहेका छन् ।

त्यसैगरी, स्याङजा गल्याङ ८ बस्ने वर्ष ३५ को मनोज कुमार बिक, वर्ष ३० की सरिता माझी, वर्ष ३० की उमा कुमारी बिक, वर्ष ३१ को रामु राना (अवस्था गम्भिर), रम्भा–१ बस्ने वर्ष १२ की अस्मिता सुनार, वर्ष ४७ को ओम बहादुर बिक, वर्ष ४५ की सेती बिक र वर्ष ४८ को शिव कुमारी बिक रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>