Breaking News

१० वर्ष जेल बसेर छुटेको एक महिनामै चितवनको माडीमा साथीको हत्या

Banner

चितवन,कात्तिक १२-

आफ्नै हजुरआमा र काकीको हत्याको अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय भई यही बर्षको संविधान दिवसमा आममाफी पाएर छुटेका एक व्यक्तिलाई अर्को हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । नवलपरासी पूर्व (नवलपुर) को गैंडाकोट नगरपालिका टोलटोलेका ३४ वर्षीय सुरेशबहादुर कुमाललाई प्रहरीले चितवन माडीका युवकको हत्या आरोपमा पक्राउ गरेको हो ।

गयराति माडीमा मृत भेटिएका युवकको हत्या उनै कुमालले गरेको चितवन प्रहरीले जनाएको छ । गयराति माडी नगरपालिका–४ शितलपुर घुँसेरीका ३४ वर्षीय जीवन नेपाली मृत फेला परेका थिए । उनको टाउकोमा गम्भीर घाउ चोट थियो । आडैमा धारिलो हतियार खुकुरी पनि भेटिएको थियो । जीवनको हत्या भएको आशंकामा प्रहरीले खोजतलास गर्दा आज शनिवार बिहान सवा ५ बजेतिर माडी–३ बाट सुरेशबहादुर कुमाललाई नियन्त्रणमा लिएको हो ।

कुमाल विगत २ महिनादेखि नेपालीकै घरमा बस्दै आइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी विजयराज पण्डितले जानकारी दिनुभयो ।उहाँका अनुसार हत्या पश्चात कुमालले घटनास्थलदेखि ५० मिटरको दुरीमा पर्ने रुपा नेपालीको घरमा गई कानको लोती चुडिनेगरि रिङ समेत लुटेका थिए । रूपाको घाँटी थिचेर म¥यो भन्ने ठानेपछि उनी भाग्दै माडी–३ बसन्तपुर बजार नजिक भित्री सडकमा लुकेका बेला प्रहरीले पक्राउ गरेको थियो ।

कुमाल आफ्नै हजुरआमा र काकीलाई हत्या गरेको अभियोगमा पक्राउ परी १० वर्षअघि नवलपरासी जिल्ला अदालतले सर्वोश्वसहित जन्मकैदको सजाय सुनाएको व्यक्ति भएको चितवन प्रहरीले जनाएको छ । कुमाल गत २०७९ असोज ३ गते संविधान दिवशको अवसरमा कैद मिनाहा भई कारागार कार्यालय भिमफेदी मकवानपुरबाट छुटी कारागारमा हुँदा चिनजान भएका नेपालीसँगै बस्दै आएका थिए । पक्राउ परेका कुमाललाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>