चितवन विशेष
चितवन २ का प्रत्येक निर्वाचन बुथमा एमाले निकट अनेरास्ववियूले १५ जना विद्यार्थी खटाउने
०

चितवन,कात्तिक १२-
चितवन क्षेत्र नम्वर २ मा नेकपा (एमाले) का उम्मेदवारहरुलाई विजयी गराउन विद्यार्थीहरु जुटेका छन् । एमाले निकट अनेरास्ववियूले चुनाव लक्षित भेलाको आयोजना गरेर हरेक बुथमा विद्यार्थी परिचालन गर्ने निर्णय गरेको छ । अनेरास्ववियूले चितवन २ का हरेक बुथमा १५ जना विद्यार्थी परिचालन गर्ने जनाएको छ ।
अनेरास्ववियूले चितवन २ मा ५ सय ५५ सदस्सीय निर्वाचन परिचालन कमिटी गठन गरेर भरतपुर,कालिका र इच्छाकामनामा छुट्टाछुट्टै जिम्मेवारी तोकेको छ ।अनेरास्ववियूले पार्टीसंग समन्वयका लागि केन्द्रिय सचिवालय सदस्य तथा विद्यार्थी फाँट उपप्रमुख देवप्रसाद पाठक र चितवन क्षेत्र नम्वर २ को संयोजनका लागि जिल्ला सहसंयोजक हरि आचार्यलाई जिम्मेवारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























