Breaking News

कांग्रेसको घोषणापत्रबारे ओलीको टिप्पणीः पहिले हामीलाई उडाउनेले रेलमार्ग बनाउने ?

Banner

झापा, कात्तिक १२-

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलको घोषणापत्रमा रेलमार्ग निर्माणको विषय समेटिएपछि असन्तुष्टि जनाउनु भएको छ ।

आज झापाको दमकमा एमाले–राप्रपाले संयुक्त चुनावी सभामा बोल्दै उहाँले कांग्रेसले जनतालाई झुक्क्याउने रेलमार्ग निर्माण गरिने घोषणापत्रमा लेखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले पूर्वपश्चिम रेलमार्ग निर्माणको काम अघि बढाउँदा उडाएर हाँस्ने कांग्रेसले नै अहिले आफ्नो घोषणापत्रमा जनतालाई झुक्क्याउन रेलमार्ग निर्माण गरिने लेखेछ । त्यो हामीले गरेका हौँ । अहिले रेलमार्गको जग्गाको मुआब्जा बितरणको प्रक्रिया अघि बढाउनै लाग्दा हाम्रो सरकार ढालेका थिए ।’

ठूलो चुनौतीका बीच पनि छोटो समयमा आफ्नो नेतृत्वको सरकारले अस्वाभाविक विकास निर्माण गरेको उहाँले दाबी गर्नुभयो । उहाँले देशको विकास गर्नका लागि अब एमालेको नेतृत्वको सरकार निर्माण गर्न आवश्यक रहेको प्रष्ट पार्नुभयो । गठबन्धनको सरकार अनैतिक र अप्राकृतिक ढंगबाट भ्रष्टाचार र कमिसनखोरहरुको चंगुलबाट चलिरहेको उहाँको आरोप थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>