Breaking News

कांग्रेस घोषणापत्रले भन्योः चितवनमा शक्तिखोर–मझिमटार सुरुङ मार्ग निर्माण सुरु गर्नेछौं

Banner

चितवन, कात्तिक १२-

नेपाली कांग्रेसले घोषणापत्रमा चितवनको शक्तिखोरदेखि धादिङको मझिमटारसम्म सुरुङ मार्ग निर्माण गरिने उल्लेख गरेको छ ।

आज कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा तत्कालिक भौतिक पूर्वाधार र एजेण्डाअन्तर्गत यातायात शीर्षकमा सो सुरुङ मार्ग निर्माणको विषयलाई उल्लेख गरेको हो ।

घोषणापत्रमा शक्तिखोरदेखि धादिङको मझिमटार जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन पूरा गरी निर्माणको काम सुरु गर्ने उल्लेख छ । सरकारले चितवनको शक्तिखोर–मझिमटार सुरुङमार्ग निर्माणको लागि अध्ययन गर्न एक अर्ब बजेट विनियोजन गरेको थियो । यस विषयलाई कांग्रेसले घोषणापत्रमा पनि उल्लेख गरेको छ । यो सुरुङ मार्ग बनेपछि चितवनबाट काठमाडौँको यात्रा निकै छोटो बन्नेछ ।

घोषणापत्रमा चितवनसहित दुम्किबास–बर्दघाट, खुर्काेट–चियाबारी, सुर्खेत–रानीघाट–भूरीगाउँलगायतका सुरुङ मार्ग निर्माणको काम सुरु गरिने भनेर उल्लेख गरिएको छ । तराईमा रेलमार्गको विस्तार र उत्तर दक्षिण मार्गहरु कालिगण्डकी करिडोरलाई पनि सम्पन्न गर्ने लक्ष्य कांग्रेस घोषणापत्रले बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>