चितवन विशेष
गठबन्धनको विश्वास टुट्न दिन्नः डा.भोजराज अधिकारी

चितवन, कात्तिक ११–
गठबन्धनबाट चितवन क्षेत्र नं.३ को उम्मेदवार बनेका डा.भोजराज अधिकारीले गठबन्धनको विश्वासलाई टुट्न नदिने बताएका छन् ।
लोकतान्त्रिक–बाम गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र नम्बर ३ को अगुवा कार्यकर्ताको संयुुक्त भेलामा बोल्दै आफू सबैदलको साझा उम्मेदवार बनेको भन्दै कसैको विश्वास टुट्न नदिने बताए । उनले चुनावमा रणनीतिक योजनासहित प्रस्तुत हुन उनले नेताकार्यकर्तालाई अनुरोध गरेका छन् ।
५ दलीय गठबन्धन अन्तर्गत चितवन ३ (क) साझा उमेदवार डा. सुर्यकान्त घिमिरेले अहिलेको संविधानलाई परिस्कृत गरेर अघि बढ्न आफुहरूलाई निर्वाचित गराउन आग्रह गरेका छन् । कृषिप्रधान देश यथार्थमा अघि बढाउन आफुहरू संसदमा जानुपर्ने उनको दाबी छ । नेपालमा अहिले देखिएका समस्या हल गर्न कृषि क्षेत्रमा वैज्ञानिकिकरण गर्न जरुरी रहेको उनले बताए ।
संविधानसभा सदस्य एवं नेपाली कांग्रेस चितवनका नेता रामकृष्ण घिमिरेले सरकारमा गएर जनताको हित गर्न गठबन्धन निर्माण भएको बताए । उनले सोही अनुसार गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
यस्तै भरतपुर महानगरपालिकाकी प्रमुख एवं नेकपा (माओवादी केन्द्र)की पोलिटव्युरो सदस्य रेनु दाहालले अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धि जोगाउन गठबन्धन आएको बताईन् । गठबन्धनप्रति ईमान्दार भए सुःखद परिणाम प्राप्त हुने उनको दाबी छ ।


























