देश/प्रदेश

४ दिनको झापा बसाई सकेर १४ गते ओली काठमाडौँ फर्कने

Banner

काठमाडौँ, कात्तिक ११-

आगामी ४ मंसिरको निर्वाचनको तयारीका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चार दिनसम्म झापामा रहने भएका छन् । ​ जसअनुसार आफनो निर्वाचन क्षेत्रसहितका १३ वटा स्थानिय तहमा ओलीले सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीले आजै क्षेत्र नं ५ को दमकमा आयोजना हुने दुईवटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरीअध्यक्ष ओलीले अपरान्ह ४ बजे क्याम्पस मोडमा दमक स्थित पशुपति मन्दिरमा वडा नं ६ र ७ का मतदाताहरुसँग अन्तरक्रिया र सम्बोधन गर्नेछन् ।

उता, १४ कात्तिक विहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना हुने भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>