Breaking News

पूर्वी नवलपरासीमा दुईजनाको मृत्यु

Banner

कावासोती, कात्तिक ११-

पूर्वी नवलपरासीमा (बिहीबार) दुई जना मृत फेला परेका छन् । बुलिङ्गटार गाउँपालिका–६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

यस्तै गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा नुहाउन जाँदा ९३ वर्षीय वृद्धको मृत्यु भएको छ । गैँडाकोट–१ का टङ्कनाथ कँडेलको नुहाउने क्रममा नारायणीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>