चितवन विशेष
दिदीको घरमा टिका लगाउन जाँदै गरेका युवाको चितवनमा भएको दुर्घटनामा मृत्यु,छोरी घाइते
०

चितवन,कात्तिक ८-
चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रत्ननगर नगरपालिका-१० भानुचोकस्थित पूर्व-पश्चिम राजमार्गमा आज ५ः२५ बजे टाँडीबाट नारायणगढतर्फ आइरहेको ना ८ ख २५५५ नम्बरको तेल बोक्ने ट्याङकरले रोकिराखेको ना ३५ प ८७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ट्याङकरको ठक्करबाट मोटरसाइकल चालक झापा घर भई हेटौडा उपमहानगरपालिका ११ बस्ने २६ बर्षका सुदन लुइटेलको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनि तिहारको टिका लगाउन हेटौडाबाट दिदीको भरतपुरस्थित घरमा जाँदै थिए । मोटरसाइकल पछाडि सवार उनकी छोरी ९ बर्षकी छोरी सोभानी लुइटेल घाइते भएकी छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याङकर र ट्याङकरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























