चितवन विशेष

२ वर्षमात्रै मन्त्री बने भने पनि कायपलट गरेर देखाउनेछुः विक्रम पाण्डे

Banner

भरतपुर, कार्तिक ७-

पूर्वमन्त्री एवम् राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले माडी अयोध्याधाममा भव्य मन्दिर बनाइने बताउनुभएको छ । चितवनका पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले अयोध्याधामलाई धार्मिक र पर्यटकीय गन्तव्य बनाउने योजना कार्यान्वय हुने बताउनुभयो । पाण्डेले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ ।

“अयोध्याधामको योजना सफल बनाउने छु, भव्य मन्दिर बनाइने छ”, उहाँले भन्नुभयो, “सीप र विज्ञताको प्रयोग गरी धामले विश्वकै मन जित्नेछ ।” तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मेको भनि अभिव्यक्ति दिएपछि माडी–९ को अयोध्याधाम निकै चर्चामा छ । अस्थायी मन्दिर बनाएर राम, सीता, लक्ष्मण, हनुमानको मूर्ति समेत राखिएको छ । “नाम मात्रै होइन, पूर्वाधार पनि विकास गर्नेछौँ, धार्मिक गन्तव्य बनाउने छौँ”, पाण्डेले भन्नुभयो, “माडीलाई संसारकै इको अर्गानिक क्षेत्र भनेर चिनाउनेछौँ ।”

उहाँले वन र मानवबीच द्वन्द न्यूनिकरण गर्न बगईदेखि बनकट्टासम्म रिउ करिडोरमा ठुलो लगानी भित्राउने दाबी गर्नुभयो । “जनावरलाई वस्ती जानबाट रोक्ने, वैकिल्पिक बाटो पनि हुने गरी करिडोरको आयोजना लागु गर्नेछु”, उहाँले भन्नुभयो, “५ वर्ष कुरेँ, अझै लागु भएन, अब हाम्रो नेतृत्वमा पुरा गर्नेछौँ ।” उहाँले पुलचोक–गोलाघाट–सौराहासम्म साइकल ट्रयाक सहितको पर्यटन मार्ग विकास गरेर चितवनको पर्यटनलाई थप उचाईमा लैजाने तर्क गर्नुभयो ।

माडीमा डिजेल पेट्रोल इञ्जिनका सवारीहरु चलाउन रोक लगाएर विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने योजना अगाडी बढाउने बताउनुभयो । “माडीलाई विकासको मोडेल नगर बनाउने छौँ, पर्यटक घुम्ने, कृषि उत्पादनको हब बनाउनेछौँ”, राप्रपा उपाध्यक्ष पाण्डेले भन्नुभयो, “२ वर्षमात्रै मन्त्री बने भने पनि कायपलट गरेर देखाउनेछु ।”

चितवन–३ मा बजेट अभाव भएमा वैदेशीक सहयोग भित्राएरै भएपनि कृषि, पर्यटन र पूर्वाधारमा फड्को मारिने उहाँको भनाई छ । “प्लान बनाएर पेश गर्न सके वैदेशिक सहयोग आउँछ, अहिले भरतपुर र माडीमा जस्तो शून्य बन्नुपर्दैन”, पूर्वमन्त्री पाण्डेले भन्नुभयो, “पोल्टिसियनहरु पनि फोटोकपी बनेपछि विकास हुन्छ र ?”

पछिल्लो ५ वर्ष विकास हुने आशमा डिष्टर्व नगर्ने सोचले मौन बसेपनि विकासमा प्रगती नभएपछि फेरी चुनावमा आएको तर्क गर्नुभयो । “हरेक दलका कम्तिमा टप फाइभ नेताले अन्तिम पटक देशका लागि काम गरिदिए हुन्थ्यो”, उहाँले भन्नुभयो, “अब त सबै मिलेर देशका लागि काम गरौँ ।” नेपालका मतदाताले भोट नहालेको कुनै चिन्हनै बाँकी नरहेकाले दलका सिद्धान्तहरुनै विलय भैसकेको जीकिर गर्नुभयो । “गठबन्धन गर्नुनै राष्ट्रका लागि दुर्भाग्य हो”, उहाँले भन्नुभयो, “देश बनाउने भन्दा पनि सरकार बनाउने सोच ले गठबन्धन भैरहेका छन् ।”
उहाँले माडी नगरपालिका, मालपोत कार्यालय, नापी कार्यालय, इलाका प्रशासन कार्यालय लगायतका सबै संरचना एकै क्षेत्रमा राख्ने गरी रमाइलो डाँडाको टापु सम्याएर विल्डिङ डिजाइन सहयोग गर्न तयार हुदासमेत रोकिएको सम्झदै उहाँले भन्नुभयो, “काम गर्छु भन्दा रोकिन्छ, अवरोध हुन्छ, तर हिम्मत हार्नुहुदैन ।” डोजर, एक्साभेटर सहयोग गरेर डाँडालाई समथर बनाइदिन खोज्दा समेत राजनीतिकै कारण अवरोध भएको घटना सुनाउनुभयो । “अहिले नगरपालिकाको भवननै टाकुरामा छ, अन्य कार्यालयहरु छरिएका छन्”, उहाँले भन्नुभयो, “व्यवस्थित विकासको प्लान ल्याउने कोहीनै भएनन् ।” उहाँले आफ्नो चुनावी घोषणापत्र अन्य उम्मेदवारले सार्वजनिक गरेपछिमात्रै गर्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>